२० मंसिर २०८२, शुक्रबार । December 6, 2025

नेप्सेका शेयरधनीलाई प्रमाणपत्रको सट्टा डिम्याटमा शेयर दिने



काठमाडौं । नेपाल स्टक एक्सचेन्ज लिमिटेड (नेप्से) ले शेयरधनीहरुलाई शेयर प्रमाणपत्रको सट्टा डिम्याट खातामा शेयर दिने भएको छ ।

नेप्सेले नेप्सेका शेयर धनीहरुलाई नेपाल सरकारले लगानी गरेका संस्थाहरुको डिम्याट गर्ने अर्थ मन्त्रलयबाट पत्र आएकाले प्रमाणपत्र नभएर शेयरधनीलाई डिम्याटमा शेयर दिने तयारीमा रहेको बताएको छ । शुक्रवार नेप्सेको ४१ औं वार्षिक साधरणसभामा बोल्दै सहायक प्रवन्धक निरञ्जन फुयाँलले नेपाल सरकारले लगानी गरेका संस्थाहरुको डिम्याट गर्ने अर्थ मन्त्रलयबाट पत्र आएकाले प्रमाणपत्र नभएर शेयरधनीलाई डिम्याटमा शेयर दिने तयारीमा रहेको बताए ।

उनले अर्थ मन्त्रालयको पत्रको आधारमा धितोपत्र बोर्डले नेप्सेमा सूचिकृतको लागि स्वीकृति दिए छिटै शेयरधनीलाई डिम्याटमा शेयर दिने बताए । उनले नेप्सेको शेयरलाई नेप्सेमा सूचिकृत गर्ने प्रक्रियामा प्रयास भइरहेको पनि उल्लेख गरे । त्यस्तै कार्यक्रममा बोल्दै नेप्सेका अध्यक्ष चक्रबहादुर बुढाले नेप्सेको बजारको कारोबार परिणाम,अर्थतन्त्रका पक्ष,सूचिकृत कम्पनीको आर्थिक अवस्था र लगानीकर्ताको मनोविज्ञानमा आधारित हुने भएकाले आयमा सुनिश्चितता ल्याउन चुनौति रहेको बताए ।

उनले लगानीकर्ताको बढ्दो संख्यालाई सेवा पु¥याउन अनलाइन कारोबार प्रणालीलाई समय सापेक्ष परिवर्तन गर्नुपर्ने बताएका छन् । बजारमा संस्थागत लगानीकर्ताहरुको संख्या बढाएर उनीहरुको सक्रिय सहभागिता बढाउनु आवश्यक रहेको उनको भनाई छ ।

त्यस्तै नेप्सेको साधरण सभाले चुक्ता पुँजी १ अर्बमा नियमानुसार लाग्ने करसहित शतप्रतिशत नगद लाभांश (एक अर्ब रुपैयाँ) वितरण गर्ने भएको छ । नेप्सेले गत आर्थिक वर्षमा चुक्ता पुँजी ६० करोडको १०० प्रतिशत नगद नाभांश ६६.६७ प्रतिशत बोनस शेयर वितरण गरेको थियो ।

प्रकाशित मिति : २९ पुस २०७९, शुक्रबार  ७ : ०२ बजे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

कन्सल्टेन्सीको व्यापारिक प्रचारप्रसार नगर्न चिकित्सकलाई मेडिकल काउन्सिलको चेतावनी

काठमाडौं । नेपाल मेडिकल काउन्सिलले कन्सल्टेन्सीको व्यापारिक प्रचारप्रसार नगर्न चिकित्सकहरूलाई

Journalist for Justice Nepal Holds Solidarity Event for Venezuela

Kathmandu- Journalist for Justice Nepal organized a program titled “Journalist

एनपीएलः सन्दीप नायक ! विराटनगरको लगातार तेस्रो जित, जनकपुरको दोस्रो हार

काठमाडौं । कप्तान सन्दीप लामिछानेको धारिलो बलिङको मद्दतले विराटनगर किङ्सले

एनपीएलः जनकपुरविरुद्ध पहिले ब्याटिङ गर्दै विराटनगर

काठमाडौं । जारी नेपाल प्रिमियर लिग (एनपीएल) मा जनकपुर बोल्ट्सले

एनपीएलः लुम्बिनीको सुखद् सुरुवात, चितवन ६ विकेटले पराजित

काठमाडौं । एनपीएलको दोस्रो संस्करणमा लुम्बिनी लायन्सले विजयी सुरुवात गरेको