६ आश्विन २०८३, मंगलबार । September 22, 2026

सरकार स्थिर र स्थायी रुपमा चल्छः ओली


२५ पुस २०७९, सोमबार  

9
Shares

काठमाडौं । नेकपा (एमाले) का अध्यक्ष तथा उच्चस्तरिय राजनीतिक समितिका संयोजक केपी शर्मा ओलीले वर्तमान सरकार स्थिर र स्थायी रुपमा चल्ने बताएका छन् ।

सोमवार ‘सरकारको नीतिगत प्राथमिकता र न्युनतम कार्यक्रम’ सार्वजनिक कार्यक्रममा बोल्दै अध्यक्ष ओलीले वर्तमान सरकार स्थिरताको लागि बनाइएको बताए । उनले यो सरकार स्थायी सरकार भएकाले प्रभावकारी रुपमा चल्ने पनि उल्लेख गरे । अध्यक्ष ओलीले सरकार ढलाउने खेल नहुने भन्दै सरकार ढल्छ कि भनेर नसोच्न सबैलाई आग्रह पनि गरेका छन् ।

आफूहरु सरकार बनाउने र गिराउने खेलमा नलाग्ने उनले स्पष्ट पारेका छन् । अध्यक्ष ओलीले कर्मचारीहरुलाई वर्तमान सरकार स्थायी र स्थिर सरकार हो भन्ने ठानेर काम गर्न आग्रह पनि गरे । उनले सरकारलाई नेकपा (एमाले) ले सम्पूर्ण रुपमा साथ, सहयोग र समर्थन दिने स्पष्ट पारे ।

अध्यक्ष ओलीले सरकारलाई विश्वासको मत दिनका लागि संसदमा भएका सबै राजनीतिक दलहरुलाई आग्रह पनि गरे । उनले सरकार निर्माणमा छिटोछिटो राजनीतिक खेल भएको भनिएको भन्दै आफूहरुले छिटोछिटो नभइ सुविचारित ढंगले सरकार निर्माण गरेको बताए ।

अध्यक्ष ओलीले सरकारप्रति कुनै आशंकाको दृष्टि नराख्न अन्तर्राष्ट्रिय मुलुकहरुलाई आग्रह समेत गरेका छन् । उनले सरकारले विश्वासको मत लिएपछि मन्त्रिपरिषद्लाई पूर्णता दिने र नीतिगत प्राथमिकता र न्युनतम कार्यक्रम अनुसार काम गर्नेमा विश्वास व्यक्त गरेका छन् ।

प्रकाशित मिति : २५ पुस २०७९, सोमबार  ८ : ०७ बजे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

‘राइड फर नेपाल’ अभियानमार्फत उबरले बाढी प्रभावितलाई ५० लाख सहयोग गर्ने

काठमाडौं । भोटेकोशी बाढीबाट प्रभावित परिवारको राहत, पुनःस्थापना तथा पुनर्निर्माणमा

अप्टिमिस्ट इन्टरनेसनल एसिया डिस्ट्रिक्टको गभर्नरमा शरदचन्द्र भट्टराई निर्विरोध

काठमाडौं । अप्टिमिस्ट इन्टरनेसनल एसिया डिस्ट्रिक्टको सन् २०२६–२७ का लागि

जडीबुटीमा खुल्यो ‘सोफा स्टोर काठमाडौँ’ को नयाँ आउटलेट

काठमाडौंको जडीबुटीमा सोफा स्टोर काठमाडौँ को नयाँ आउटलेट उद्घाटन गरिएको

बालबालिकाको क्षमता विकास र सामाजिक सेवामा केन्द्रित हुन अप्टिमिष्टको जोड

काठमाडौं  । बालबालिकाको सामाजिक तथा मनोवैज्ञानिक विकाससँगै नेतृत्व क्षमता अभिवृद्धि

असोज ३ गते पाटनमा रहेका दशमहाविद्या परिक्रमा गरिँदै

काठमाडौँ। असोज ३ गते पाटनमा रहेका दशमहाविद्या पुजा र परिक्रमा