२४ पुस २०८१, बुधबार । January 9, 2025

अर्थोपेडिक अस्पतालको डाइरेक्टरमा डा.भण्डारी



काठमाडौं । गैरनाफामूलक च्यारिटीका रुपमा स्थापना भई नेपालमा हाडजोर्नीका बिरामीको सेवा गर्दै आएको जोरपाटीस्थित नेपाल अर्थोपेडिक अस्पतालको मेडिकल डाइरेक्टरमा डा कैलाशकुमार भण्डारी नियुक्त भएका छन् ।

हाडजोर्नीसम्बन्धी रोगका विशेषज्ञ डा.भण्डारी सोही अस्पतालमा २० वर्षदेखि कार्यरत छन् । डा. युवराज खरेलको कार्यकाल सकिएपछि डा. भण्डारी आगामी तीन वर्षका लागि सो पदमा शुक्रबार नियुक्त भएको अस्पतालले जानकारी दिएको छ । सन् १९९८ मा खगेन्द्र नवजीवन केन्द्रका नाममा स्थापना भएको यस अस्पताल सो केन्द्र र रोटरी इन्टरनेशनलले च्यारिटीका रुपमा स्थापना गरेका थिए ।

यस अस्प्तालले त्यसयता नेपालका हाडजोर्नीसम्बन्धी समस्याका बिरामीलाई सेवा प्रदान गर्दै आएको छ । गरिब, निम्न आय भएका तथा असहाय बिरामीलाई निःशुल्क तथा सहुलियत शुल्कमा उपचार सेवा प्रदान गर्दै आएको यो अस्पतालले ट्रमा र अर्थोसम्बन्धी विशेषज्ञ सेवा प्रदान गर्दै आएको छ ।

एक सय शय्या रहेको यस अस्पतालमा हाल १९ जना विशेषज्ञ चिकित्सक रहेका छन् ।

प्रकाशित मिति : २३ पुस २०७९, शनिबार  ९ : ४९ बजे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

रक्तदानले ज्यान जोगाउन अहम भुमिका खेलेको छः मेयर यादव

बारा । महागढीमाई नगरपालिका बरियारपुरका नगर प्रमुख उपेन्द्र प्रसाद यादवले

केनेल क्लबको आयोजनामा तेस्रो ‘बाइरो ब्रिड च्याम्पियनसिप डग शो’ माघ ५ मा हुने

काठमाडौं । नेपालमा तेस्रो पटक कुकुर नस्ल सुधार र अन्तर्राष्ट्रिय

पुष २४ गते बुधबारको तपाईँको राशिफल कस्तो छ ?

काठमाडौं । आज बि.सं. २०८१ साल पुष २४ गते बुधबार

चीन भूकम्प अपडेटः मृत्यु हुनेको संख्या ९५ पुग्यो, १३० भन्दा बढी घाइते

एजेन्सी । मंगलबार बिहान चीनमा केन्द्रबिन्दु बनाएर गएको शक्तिशाली भूकम्पमा

सामान्य अंकले बढ्यो नेप्से, कारोबार रकम भने घट्यो

काठमाडौं । साताको तेस्रो कारोबारको दिन मंगलबार शेयर बजार परिसूचक