१ आश्विन २०८३, बिहिबार । September 17, 2026

रैथाने धान खोज्दै विज्ञहरु


१० आश्विन २०७९, सोमबार  

3
Shares

कञ्चनपुर। त्रिभुवन विश्वविद्यालयको केन्द्रीय वनस्पति अनुसन्धान विभागले सुदूरपश्चिमका तीन जिल्लामा रैथाने धानमा अनुसन्धान थालेको छ । कञ्चनपुरको बेलौरी नगरपालिकास्थित शान्तिपुर, बैतडीको पाटन र डडेल्धुराको जोगबुढा परगाउँमा स्टेशन बनाएर १२ किसिमका रैथाने धानको अनुसन्धान भइरहेको अनुसन्धान टोलीका सदस्य एवं सुदूरपश्चिम विश्वविद्यालय कैलाली बहुमुखी क्याम्पसका उप–प्राध्यापक गुणानन्द पन्तले बताए ।
‘सुदूरपश्चिमका राम्रा गुण भएका धान हराउन थालेका छन्, यी धान किन हराउँदैछन् भनेर हामीले अनुसन्धान गरिराखेका छौँ’, उनले भने, ‘हामीले तराईको कञ्चनपुर, भित्री मधेशको जोगबुढा र पहाडी जिल्लाको बैतडीमा स्टेशन राखेर काम गरिराखेका छौँ ।’
सुदूरपश्चिममा लगाइने परम्परागत धानको सुक्खा सहनसक्ने क्षमता र उत्पादनको परिमाण कस्तो छ भनेर अध्ययन अनुसन्धान गरिन लागेको उनले बताए । ‘राम्रो गुण भएका परम्परागत धानको खेती गर्न छोडेर आयातित धानको बीउमा निर्भरता बढेको छ’, उनले भने, ‘सुदूरपश्चिमका रैथाने धानको बीउ जोगाउन र प्रोत्साहन गर्नका लागि अनुसन्धान भइरहेको छ ।’ उनले अध्ययन गरी निष्कर्ष निकाल्न लगातार तीन वर्ष अनुसन्धान गरिने बताए । ‘हाम्रो परम्परागत धानको खेती गर्न छोडेर बाहिरबाट हाइब्रिड बीउ लिएर लगाउन थाले’, उनले भने, ‘हाम्रो यहाँ पाइने धानको बीउ बाहिर लगेर त्यहाँ कपिराइट लागेर फेरि हामीले किन्नुपर्ने अवस्था आएको छ ।’
सुदूरपश्चिमका तीन जिल्ला बैतडीको पाटन नगरपालिका कागसेली, डडेल्धुराको परशुराम नगरपालिकाको परिगाउँ र कञ्चनपुरको बेलौरीमा १२ वटा जातिमा एक सय ८० प्लटमा लगाइएको धानमा अनुसन्धान भइरहेको उनले जानकारी दिए । ‘हामी लगातार तीन वर्षसम्म अनुसन्धान गर्छौं, धानको लम्बाइ लिने बाला कस्तो भयो, ढलेको थियो कि कस्तो थियो, रोग लागेको थियो कि थिएन, यो सबै हेर्छौं’, उनले भने, ‘यहाँको प्रयोगशालामा हेर्न मिल्ने यहाँ हेर्छौं, नभए केन्द्रिय प्रयोशाला वा नाष्टमा अनुसन्धान हुन्छ ।’ उनले यहाँको रैथाने धानलाई मलखादको आवश्यकता पनि नपर्ने बताए ।

अहिलेको आयातित धानले मलखादबिना उत्पादन दिन नसक्ने भएकाले बाहिरी देशले मलखादमा रोक लगाए यहाँको उत्पादन शून्य हुने बताए । रैथाने जातको धानको अध्ययन गर्न तीन फरक–फरक भौगोलिक अवस्थितिको छनोट गरिएको छ । डडेल्धुराको जोगबुढामा माइती धान, झिनी, शान्ति र चिउडी जातको धान, कञ्चनपुरको बेलौरीमा भने अञ्जना, घिउपुरी, लालचन्द र सुठीयारी जातको रैथाने धानमाथि अनुसन्धान भइरहेको छ । अनुसन्धानमा त्रिभुवन विश्वविद्यालयको वनस्पति विभागका प्रमुख प्राडा रामकैलाशप्रसाद यादव, डा चन्द्र पोखरेल, डा लालबहादुर थापा र सुदूरपश्चिम विश्वविद्यालय कैलाली बहुमुखी क्याम्पसका उपप्राध्यापक गुणानन्द पन्तले रैथाने धानको अनुसन्धान गरिअहेक हुन् । रैथाने धानको उत्पादकत्व बढाउन कस्तो किसिमले धानखेती गर्न उपयुक्त हुने भनेर अनुसन्धान टोलीले सिफारिस गर्नेछ ।

प्रकाशित मिति : १० आश्विन २०७९, सोमबार  ६ : १० बजे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

असोज ३ गते पाटनमा रहेका दशमहाविद्या परिक्रमा गरिँदै

काठमाडौँ। असोज ३ गते पाटनमा रहेका दशमहाविद्या पुजा र परिक्रमा

राहत कोषमा ओइरियो पैसा ! प्रधानमन्त्री राहत कोषमा अहिलेसम्म कति जम्मा ?

काठमाडौं । गत भदौ १० गते रसुवाको भोटेकोशी नदीमा आएको

टिकटकका अनिलराज अब ठूलो पर्दामा, ‘कालमाण्डू’ले देला त अभिनयको असली पहिचान ?

काठमाडौं । एक्सन, थ्रिलर र सस्पेन्स कथामा निर्माण भएको नेपाली

हिमालयदेखि जापानसम्मः नेपाली स्वादमा जापानी फ्युजनको खोजी

काठमाडौं । नेपाली मौलिक स्वाद र जापानी पाककलाको प्रविधिलाई संयोजन

लिटिल मास्टर एण्ड मिस इटहरी सिजन–२ः हर्षिल र युनिशा विजेता

इटहरी । लिटिल मास्टर एण्ड मिस इटहरी सिजन–२ को सिनियरतर्फ