११ जेष्ठ २०८३, सोमबार । May 25, 2026

एपीएफलाई कुस्तीका २० मध्ये ९ स्वर्ण


१ कार्तिक २०७९, मंगलबार  

0
Shares

नवलपरासी । नवौं राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तर्गत भएको कुस्ती प्रतियोगितामा सशस्त्र प्रहरी बल (एपीएफ) क्लवले ९ वटा स्वर्ण पदक जितेको छ ।

पूर्वी नवलपरासीमा २० स्वर्ण पदकका लागि भएको खेलमा एपीएफले पुरुषतर्फ ४ र महिलातर्फ ५ गरी कुल ९ स्वर्ण पदक जितेको हो । पुरुषतर्फको खेलमा एपीएफले चार वटा स्वर्ण पदक जित्दा मधेश प्रदेशले ३ , विभागीय टिम त्रिभुवन आर्मी क्लब र नेपाल प्रहरी तथा लुम्बिनी प्रदेशले १ १ स्वर्ण पदक जितेका छन ।

एपीएफका लागि ५७ केजी तौल समूहमा कुन्दन साह, ६५ केजी तौल समूहमा सुजित यादव, ७० केजी तौल समूहमा उमेशकुमार ठाकुर र ६९ केजी तौल समूहमा बलिराम यादवले स्वर्ण पदक जिते । आर्मीका लागि ७४ केजी तौल समूहमा सुरेश चुनार र नेपाल प्रहरीका ९७ केजी तौल समूहमा सुमिर शाहले स्वर्ण पदक नितेका छन् ।

त्यस्तै, लुम्बिनी प्रदेशका लागि ९२ केजी तौल समूहमा रमेश गोतामेले स्वर्ण पदक जित्न सफल भए । मधेश प्रदेशका लागी ६१ केजी तौल समूहमा अमेरशकुमार यादव, ८६ केजी तौल समूहमा लालबहादुर यादव र १२५ केजी तौल समूहमा राज यादवले स्वर्ण जितेका छन् ।

यस्तै महिला तर्फको कूस्तीमा आर्मी र सुदूरपश्चिम प्रदेशले समान पाँच पाँच वटा स्वर्ण पदक जितेका हुन ।आर्मीका लागि ५७ केजी तौल समूहमा लक्ष्मी तामाङ, ६२ केजी तौल समूहमा सुशीला चन्द, ६५ केजी तौल समूहमा निर्मला जागरी, ६८ केजी तौल समूहमा मिरा आउजी र ७६ केजी तौल समूहमा रचना श्रेष्ठले स्वर्ण पदक जितेका हुन ।

सुदूरपश्चिम प्रदेशका लागि ५० केजी तौल समूहमा दमयन्ती बोहोरा, ५३ केजी तौल समूहमा मनिसा सिंह, ५५ केजी तौल समूहमा संगिता धामी, ५९ केजी तौल समूहमा कोमल खत्री र ७२ केजी तौल समूहमा हेमा भट्टले स्वर्ण पदक जिते ।

प्रकाशित मिति : १ कार्तिक २०७९, मंगलबार  ४ : ३६ बजे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

कक्षा १२ पछि आइटी करिअर बुझ्न लर्ड बुद्धको ७ दिने निःशुल्क ‘करिअर पाथ वे’ कार्यक्रम

काठमाडौँ । लर्ड बुद्ध एजुकेशन फाउण्डेशनले कक्षा १२ को परीक्षा

पोर्चुगलमा साकेला उभौली पर्व भव्य रूपमा सम्पन्न, नेपाली संस्कृतिको संरक्षणमा जोड

काठमाडाैँ । नेपालको मौलिक संस्कृति तथा पहिचान झल्काउने साकेला उभौली

९५ कन्सल्टेन्सीमा प्रहरी कारबाहीपछि शैक्षिक परामर्श क्षेत्र आतंकित, व्यवसायी–सरकार आमनेसामने

काठमाडौं । काठमाडौं उपत्यकाभित्र एकैदिन ९५ वटा शैक्षिक परामर्श संस्था

कान्स रेड कार्पेटमा नेपाली उद्यमी दम्पत्ती, हिमाली छुर्पीमार्फत जनावर प्रेमको सन्देश

काठमाडौं । कान्स फिल्म फेस्टिभल २०२६ को रेड कार्पेटमा नेपाली