४ असार २०८३, बिहिबार । June 18, 2026

कार्यविधिविपरीतका २२१ सुरक्षाकर्मी फिर्ता


१५ पुस २०७९, शुक्रबार  

6
Shares

काठमाडौँ — राजनीतिक दलका नेता, बहालवाला तथा पूर्वप्रशासकको सुरक्षामा खटिँदै आएका २ सय २१ सुरक्षाकर्मी फिर्ता भएका छन् ।

गृह मन्त्रालयले कार्यविधिविपरीत खटिएका सुरक्षाकर्मीलाई ४८ घण्टाभित्र फिर्ता गर्न मंगलबार नेपाल प्रहरी र सशस्त्र प्रहरी मुख्यालयलाई निर्देशन दिएपछि नेपाल प्रहरीका १ सय ३ र सशस्त्र प्रहरीका १ सय १८ जना सुरक्षाकर्मी फिर्ता भएका हुन् । पूर्वसभामुखद्वय रामचन्द्र पौडेल र सुवासचन्द्र नेम्वाङ, पूर्वउपप्रधान तथा गृहमन्त्रीहरू विजयकुमार गच्छदार र वामदेव गौतम, पूर्वगृहमन्त्री शक्तिबहादुर बस्नेत र कृष्णप्रसाद सिटौला, पूर्वअर्थमन्त्री रामशरण महत, पूर्वऊर्जामन्त्री प्रकाशशरण महतलगायतको निवास तथा व्यक्तिगत सुरक्षा र चालकका रूपमा खटिएका जनशक्ति फिर्ता भएका छन् ।

गृह मन्त्रालय, विभिन्न मन्त्रालयका सचिव तथा पूर्वप्रशासकको सवारी चालकका रूपमा खटिएका २९ जना सशस्त्र प्रहरी पनि मुख्यालय फिर्ता भएका छन् । प्रहरी प्रधान कार्यालयले पूर्वउपप्रधान तथा गृहमन्त्री कमल थापा, पूर्वउपप्रधान तथा भौतिक योजना तथा निर्माणमन्त्री प्रकाशमान सिंह, पूर्वसहरी विकासमन्त्री अर्जुननरसिंह केसी, पूर्वअर्थमन्त्री रामशरण महत र निवर्तमान शिक्षामन्त्री देवेन्द्र पौडेलको सुरक्षा तथा सवारी चालकमा खटिएका प्रहरी पनि फिर्ता गरेको छ ।

पूर्वसांसद कृष्णभक्त पोखरेल, पूर्वमन्त्री प्रेमबहादुर आले, मातृका यादव, प्रतिनिधिसभाका स्वतन्त्र सांसद अमरेशकुमार सिंहलगायतको सुरक्षामा खटिएका प्रहरी पनि फर्केका छन् ।

प्रकाशित मिति : १५ पुस २०७९, शुक्रबार  ९ : १२ बजे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Russia: Asia’s Helping Hand – Opportunities of Benefit for Nepal

Kathmandu- It is said that world politics revolves around the

नर्वेको शानदार सुरुवात ! इराक ४-१ गोलअन्तरले पराजित

काठमाडौं । २८ वर्षपछि फिफा विश्वकपमा पुनरागमन गरेको नर्वेले शानदार

सेनेगलविरुद्ध फ्रान्सको शानदार जित ! एम्बाप्पेको २ गोल

काठमाडौं । फ्रान्सले फिफा विश्वकप–२०२६ को आफ्नो पहिलो खेलमा सेनेगलविरुद्ध

एनपीएल सिजन ३ः विराटनगर किंग्समा सन्दीपसहित ६ खेलाडी रिटेन

काठमाडौं । नेपाल प्रिमियर लिग सिजन ३ का लागि विराटनगर

न्यूजिल्यान्ड र इरान पनि २–२ को बराबरीमा

काठमाडौं । फिफा विश्वकप २०२६ अन्तर्गत मंगलबार बिहान भएको खेलमा