६ आश्विन २०८३, मंगलबार । September 22, 2026

बधाईका लागि समय नमाग्न प्रधानमन्त्री दाहालको आग्रह


१४ पुस २०७९, बिहिबार  

6
Shares

काठमाडौं । नवनियुक्त प्रधानमन्त्री पुष्पकमल दाहालले बधाई र शुभकामना आदान प्रदानका आफुसंग समय नमाग्न सबैलाई आग्रह गरेका छन् ।

अबको समय देश निर्माणका लागि महत्वपूर्ण भएकाले बधाई र शुभकामनाको नाममा समय खर्चिन उचिन नहुने भन्दै दाहालले यस्तो आग्रह गरेका हुन् । दाहालले बाधाई भन्दा पनि सरकारको कामलाई प्रभावकारी बनाउन सल्लाह र सुझाव पेस गर्न सवैलाई अपिल समेत गरेका छन् ।

प्रधानमन्त्रीका प्रेस संयोजक सूर्यकिरण शर्माले सामाजिक सञ्जाल फेसबुकमा लेखेका छन्, ‘सम्माननीय प्रधानमन्त्रीज्युले बधाई र शुभकामना आदानप्रदानको लागि समय माग गर्नु भएका सबै दिदिबहिनी तथा दाजुभाइहरुलाई हार्दिक धन्यवाद व्यक्त गर्दै बधाई र शुभकामनाका लागि बित्ने समयलाई देश निर्माणका काममा खर्चन उचित हुने धारणा व्यक्त गर्नु भएकोले अब उप्रान्त बधाई र शुभकामनाका लागि समय माग नगरिदिनु हुन हार्दिक अनुरोध गर्दछौं । सरकारको कामलाई प्रभावकारी बनाउनका लागि दिने सल्लाह सुझाव सचिवालयमार्फत पेश गरिदिन पनि आग्रह गर्दछौं ।’

प्रकाशित मिति : १४ पुस २०७९, बिहिबार  ९ : ०० बजे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

‘राइड फर नेपाल’ अभियानमार्फत उबरले बाढी प्रभावितलाई ५० लाख सहयोग गर्ने

काठमाडौं । भोटेकोशी बाढीबाट प्रभावित परिवारको राहत, पुनःस्थापना तथा पुनर्निर्माणमा

अप्टिमिस्ट इन्टरनेसनल एसिया डिस्ट्रिक्टको गभर्नरमा शरदचन्द्र भट्टराई निर्विरोध

काठमाडौं । अप्टिमिस्ट इन्टरनेसनल एसिया डिस्ट्रिक्टको सन् २०२६–२७ का लागि

जडीबुटीमा खुल्यो ‘सोफा स्टोर काठमाडौँ’ को नयाँ आउटलेट

काठमाडौंको जडीबुटीमा सोफा स्टोर काठमाडौँ को नयाँ आउटलेट उद्घाटन गरिएको

बालबालिकाको क्षमता विकास र सामाजिक सेवामा केन्द्रित हुन अप्टिमिष्टको जोड

काठमाडौं  । बालबालिकाको सामाजिक तथा मनोवैज्ञानिक विकाससँगै नेतृत्व क्षमता अभिवृद्धि

असोज ३ गते पाटनमा रहेका दशमहाविद्या परिक्रमा गरिँदै

काठमाडौँ। असोज ३ गते पाटनमा रहेका दशमहाविद्या पुजा र परिक्रमा