२० मंसिर २०८२, शुक्रबार । December 6, 2025

चलचित्र ह्यारी कि प्यारीको गीत ‘धरहरा’ सार्वजनिक



काठमाडौं । नेपाली चलचित्र ह्यारी कि प्यारीको गीत ‘धरहरा’ सार्वजनिक भएको छ ।

बिहीवार काठमाडौंमा एक कार्यक्रमबीच गीत सार्वजनिक भएको हो । गीत सार्वजनिक कार्यक्रममा बोल्दै वरिष्ठ चिकित्सक डा. भोला रिजालले नेपाली सिनेमामा पुराना सिनेमाका धारहरु नयाँ जेनेरेशनसँग मेटिँदै गएको बताए । उनले अहिलेका चलचित्रका कथावस्तुहरु अहिलेको पुस्तालाई केन्द्रिकृत गरेर आउने गरेको र चलचित्र ह्यारी कि प्यारी परिवारका सबै सदस्यहरु एकसाथ बसेर हेर्नसक्ने चलचित्र रहेको बताए ।

उनले ह्यारी कि प्यारी नेपालमा मात्रै नभइ अन्तर्राष्ट्रिय बजारमा पनि प्रदर्शन गर्नेगरी राम्रो बनाउने प्रयास गरिएको उल्लेख गरेका छन् । त्यस्तै अभिनेत्री रेखा थापाले चलचित्र एकदमै राम्रो बनेकाले सबैले हेर्नुपर्ने बताइन । उनले भोला रिजालको प्रोडक्शनमा चलचित्र बनेको भन्दै आफूलाई काम गर्न पाउनु पनि गर्वको कुरा भएको उल्लेख गरिन । बिआर (भोला रिजाल) प्रोडक्शनकको प्रश्तुतीमा निर्माण भएको सिनेमामा साम्राज्ञी राज्यलक्ष्मी शाह, जितु नेपाल, विजय बराल, लक्ष्मी गिरी, सुवास गजुरेल, नरेश पौडेल, रञ्जना भट्टराई, समिक्षा पौडेल, रमेश अधिकारी, डिल्लीराम खनालको पनि अभिनय रहेको छ ।

सिनेमामा अभिनेत्री रेखा थापा विशेष भुमिकामा रहेकी छिन् । डा. कपिल रिजालको प्रश्तुति रहेको सिनेमामा रिजाल स्वयंको कथा तथा निर्देशन, पटकथा र संवाद सुदीप बराल, गिरीराज घिमिरे, डाक्टर रिजाल, अभिमन्यु निरवीले लेखेका हुन् । दन्त चिकित्सक डा. कपिल रिजालले यही सिनेमाबाट निर्देशनमा डेब्यु गर्दैछन् । सिनेमामा डा. भोला रिजालको गीत र रचना, शिखर सन्तोष र युग भुषालको संगीत, सपनकुमार राई, सौभर दास, थोम्सन एन्ड्रयुज, मीना निरौला र देवाञ्जली जोशीको गायन र कविराज गहतराजको कोरियाग्राफी रहेको छ ।

सुदीप बरालले छायांकन गरेको सिनेमालाई अर्जुन जिसीले सम्पादन गरेका हुन् ।

प्रकाशित मिति : १४ पुस २०७९, बिहिबार  ८ : ४१ बजे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

कन्सल्टेन्सीको व्यापारिक प्रचारप्रसार नगर्न चिकित्सकलाई मेडिकल काउन्सिलको चेतावनी

काठमाडौं । नेपाल मेडिकल काउन्सिलले कन्सल्टेन्सीको व्यापारिक प्रचारप्रसार नगर्न चिकित्सकहरूलाई

Journalist for Justice Nepal Holds Solidarity Event for Venezuela

Kathmandu- Journalist for Justice Nepal organized a program titled “Journalist

एनपीएलः सन्दीप नायक ! विराटनगरको लगातार तेस्रो जित, जनकपुरको दोस्रो हार

काठमाडौं । कप्तान सन्दीप लामिछानेको धारिलो बलिङको मद्दतले विराटनगर किङ्सले

एनपीएलः जनकपुरविरुद्ध पहिले ब्याटिङ गर्दै विराटनगर

काठमाडौं । जारी नेपाल प्रिमियर लिग (एनपीएल) मा जनकपुर बोल्ट्सले

एनपीएलः लुम्बिनीको सुखद् सुरुवात, चितवन ६ विकेटले पराजित

काठमाडौं । एनपीएलको दोस्रो संस्करणमा लुम्बिनी लायन्सले विजयी सुरुवात गरेको