२६ माघ २०८१, शनिबार । February 8, 2025

मंगलबार नेप्से परिसुचक उच्च अंकले वृद्धि



काठमाडौं । साताको दोस्रो कारोबार दिन मंगलबार नेप्से परिसूचक उच्च अंकले वृद्धि भएको छ ।

मंगलवार उच्च रुपमा नेप्से बढेसँगै नेप्सेमा करिव ५ महिना यताकै उच्च कारोबार समेत भएको हो । नेप्से परिसूचक ५९ दशमलव ८७ अंक बढेर १९८३ दशमलव ९५ बिन्दुमा पुगेको छ । त्यस्तै,सेन्सेटिभ इण्डेक्स १० दशमलव ६० अंक बढेको छ भने फ्लोट इण्डेक्स ३ दशमलव ६९ अंक र सेन्सेटिभ फ्लोट इण्डेक्स ३ दशमलव २८ अंकले बढेको छ ।

मगंलवार कारोबारमा आएका २६१ कम्पनीको १ करोड २० लाख २९ हजार कित्ता शेयर ३ अर्ब ८८ करोड ४३ लाख ९६ हजार रुपैयाँ बराबरको खरिदबिक्री भएको छ । सोमवार २ अर्ब बराबरको कारोबार भएको थियो । मगंलवार १३ वटै उपसमूहको परिसूचक बढेको छ ।

जसमध्ये लगानी उपसमूहको परिसूचक ६ दशमलव ४३ प्रतिशत बढेको छ भने वित्त, होटल तथा पर्यटन र जलविद्युत उपसमूहको परिसूचक ४ प्रतिशतभन्दा बढी बढेको छ । नेप्से बढेसँगै मंगलवार ६ वटा कम्पनीको शेयर सकारात्मक सर्किट लेभलमा कारोबार भएको छ । जसमा सिद्धार्थ इन्स्योरेन्स, मल्टीपर्पस फाइनान्स, अजोड इन्स्योरेन्स, श्रृजनशील लघुवित्त र कालिका पावरको शेयर सकारात्मक सर्किट लेभलमा कारोबार भएको हो ।

मंगलबार कारोबार रकमका आधारमा लक्ष्मी बैंक शीर्ष स्थानमा रहेको छ । जसमा बैंकको २० करोड ९४ लाख रुपैयाँ बराबरको शेयर खरिदबिक्री भएको छ ।

प्रकाशित मिति : १२ पुस २०७९, मंगलबार  ४ : १७ बजे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

आजको विनिमयदरः अमेरिकी डलर सामान्य घट्यो, अन्यको मुद्रा कुन कति पुग्यो ?

काठमाडौं । नेपाल राष्ट्र बैंकका अनुसार आज अमेरिकी डलर एकको

कस्तो छ माघ २६ गते शनिबारको मौसम ?

काठमाडौं । हाल देशमा पश्चिमी वायुको सामान्य प्रभाव रहेको छ।

माघ २६ गते शनिबारको तपाईँको भाग्यफल…

काठमाडौं । आज मिति २०८१ साल माघ २६ गते शनिबार

त्रिकोणात्मक सिरिजः थाइल्याण्डले उचाल्यो उपाधि, नेपाल जितविहीन

काठमाडौं । त्रिवि क्रिकेट मैदानमा सम्पन्न त्रिकोणात्मक टी २० सिरिजमा

तोलामा ४ सयले घट्यो सुनको मूल्य, कतिमा हुँदैछ कारोबार ?

काठमाडौं । शुक्रबार नेपाली बजारमा सुनको मूल्य घटेको छ ।