१९ बैशाख २०८२, शुक्रबार । May 2, 2025

अपुग फूलमाला भारतबाट आयात हुने



काठमाडौं । नेपालीहरुको दोस्रो ठुलो चाड तिहारका लागि मागअनुसार अपुग हुने करिब ३ लाख थान माला भारतबाट आयात हुने भएको छ ।

यस बर्षको तिहारमा २३ लाख २५ हजार स्वदेशी माला खपत हुने अनुमान गरिएको छ । तिहारका लागि २० लाख सयपत्री, ३ लाख मखमली र गोदावरीको २५ हजार थानसम्मको मालाहरु खपत हुने गरेको फ्लोरिकल्चर एसोसिएसनले जनाएको छ । कोभिडका कारण घटेको फुलको मागमा यस बर्ष भने वृद्धि भएको हो ।

नेपाल ९० देखी ९१ प्रतिशतसम्म तिहारको फुलमा आत्मनिर्भर छ । नपुगेको खण्डमा व्यापारिहरुले भारतबाट पनि माला आयात गर्ने गरेका छन् । गत बर्ष भारतबाट आयात गरिएका माला समयमै खपत नहुँदा फाल्नुपर्ने अवस्था समेत आएको व्यापारिहरुको गुनासो छ ।

यो वर्ष तिहारका लागि खपत हुने फूलको उत्पादन १० देखि २० प्रतिशत बढेको पनि एसोसिएसनले जनाएको छ । आव ०७८ ०७९ मा नेपालले ३६ करोड ५ लाख रुपैयाँ बराबरको पुष्प तथा पुष्पजन्य वस्तुको आयात गरेको थियो । नेपालमा पुष्प व्यवसायमा प्रत्यक्ष तथा अप्रत्यक्ष रुपमा ४३ हजार ५ सय भन्दा बढी जनशक्तिहरु रोजगार र आश्रित रहेको तथ्याङ्क छ ।

भारबाटा हुने फुलको आयातलाई रोक्न बारम्बार सरकारलाई आग्रह गरेपनि सरकारले कानमा तेल हालेर बस्ने गरेको गुनासो समेत एसोसिएसनले गरेको छ ।

प्रकाशित मिति : १ कार्तिक २०७९, मंगलबार  १ : १० बजे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

नेपालमा आगामी वर्षदेखि यूरो ६ मापदण्ड लागू गर्ने

काठमाडौं । आगामी आर्थिक वर्ष २०८२/८३ देखि नेपालमा यूरो ६

स्थानीय कच्चा पदार्थ र सीपमा आधारित औद्योगिक विकासलाई प्राथमिकता

काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले आगामी आर्थिक वर्ष २०८२/८३ का

अब नेपालमै कमाउँदै पढ्ने अवसर,विद्यार्थीलाई हप्तामा २० घण्टा काम गर्ने सुविधा

काठमाडौं । अब क्याम्पस पढ्ने नेपाली विद्यार्थीहरूलाई कमाउँदै पढ्न सक्ने

समस्याग्रस्त सहकारीका साना बचतकर्ताले रकम फिर्ता पाउने !

काठमाडौं । समस्यामा परेका सहकारी संस्था सदस्यका साना बचतकर्ताहरूको रकम

युवालाई कृषिमा आकर्षित गर्न सरकारको यस्तो छन् नयाँ योजना

काठमाडौं । कृषि क्षेत्रलाई उद्यमशील बनाउने उद्देश्यले सरकारले नयाँ नीति