१२ चैत्र २०८२, बिहिबार । March 26, 2026

संसदिय दलको नेतामा पौडेलको समर्थन देउवालाई


५ पुस २०७९, मंगलबार  

6
Shares

काठमाडौं । नेपाली काँग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले काँग्रेस संसदीय दलको नेतामा प्रधानमन्त्री एवं पार्टी सभापति शेरबहादुर देउवालाई प्रश्ताव गर्ने बताएका छन् ।

मंगलवार सिंहदरबारमा संसदीय दलको नेतामा देउवाको प्रश्तावकका रुपमा पुगेको पौडेलले अहिलेको असहज परिस्थितीमा नेपाली काँग्रेस भित्र विश्वासको वातावरण बनाउन आवश्यकता भएकाले पार्टी सभापति शेर बहादुर देउवालाई संसदीय दलको नेतामा प्रश्ताव गर्ने निर्णय गरेको बताए । उनले संसदीय दलको नेतामा सभापति देउवा निर्बिरोध हुने दाबीसमेत गरे ।

तर संस्थापन इतर पक्षबाट पार्टी महामन्त्री गगनकुमार थापा संसदीय दलको नेतामा प्रतिष्पर्धा गर्ने भएका छन् । पार्टीका नेता डा. शेखर कोईरालाले युवा पुस्तान्तरणका लागि आफूले गगनलाई सममर्थन गरेको बताउँदै गगनलाई संसदीय दलको नेतामा समर्थन गर्न पार्टीका सांसदहरुलाई आग्रह गरेका छन् । संस्थापन पक्षबाट भने प्रधानमन्त्री एवं पार्टी सभापति देउवा संसदीय दलको नेताका लागि उम्मेदवारी दिन सिंहदरबार पुगिसकेका छन् ।

नेता पौडेलले नवनिर्वाचित काँग्रेसका सांसदहरुलाई पार्टी सभापति देउवालाई सर्वसहमत संसदीय दलको नेता चयन गर्न आग्रह समेत गरेका छन् । यसअघि पौडल आफैले संसदिय दलको नेताको दाबि गर्दै आएका थिए ।

प्रकाशित मिति : ५ पुस २०७९, मंगलबार  २ : ४३ बजे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

यूरोनेपाल ट्राभल्सले दिँदै दक्षिण एशिया लक्षित सस्तो हवाई टिकट सेवा

काठमाडौं । पोर्चुगलमा बसोबास गर्दै आएका दक्षिण एसियाली समुदायलाई लक्षित

विश्व समूदायलाई सम्वादमार्फत शान्ति खोज्न जेजेएनको आह्वान

काठमाडाैं । विश्वमा जारी युद्ध र द्वन्द्वका कारण मानव अस्तित्व

सतुङ्गलमा भव्य कलश यात्रासहित १० दिने श्रीमद्देवीभागवत कथा एवं महारुद्र विराट महायज्ञ सुरु

काठमाडौं । सतुङ्गलस्थित विन्ध्य परिसरमा भव्य कलश यात्रासँगै १० दिने

विश्व शान्तिको आह्वान गर्दै सतुङ्गलस्थित विन्ध्य परिसरमा महारुद्र विराट महायज्ञ हुँदै

काठमाडौं। सतुङ्गलस्थित विन्ध्य परिसरमा १० दिने श्रीमद्देवीभागवत एवं महारुद्र विराट

ससीला मोटर्स र ओम्नी (काबरा) बिच सहकार्य: दुई ब्राण्डका विद्युतीय कमर्सियल गाडी ओम्नीले बेच्ने

काठमाडौँ । चिनियाँ ब्रान्डका विद्युतीय कमर्सियल सवारीसाधन किटोन भ्यान र