२४ माघ २०८२, शुक्रबार । February 6, 2026

कांग्रेस संसदिय दलको नेताका लागि मंगलबार उम्मेदवारी दर्ता



काठमाडौं । नेपाली कांग्रेसको संसदीय दलको नेता चयनका लागि मंगलबार उम्मेदवारी दर्ता गर्ने समय दिएको छ ।

मंगलबार बिहान ८ देखि १० बजेसम्म उम्मेदवारको लागि दरखास्त दिने समय तोकिएको हो । साथै, दिउँसो ३ बजे उम्मेदवारको अन्तिम नामावली प्रकाशन गरिने निर्वाचन कार्यतालिका रहेको छ । उम्मेदवारी दर्ता शुल्क ५१ हजार तोकेको छ । संसदीय दलको नेता चयनको लागि बुधबार मतदान हुँदै छ । बुधबार बिहान ८ देखि १० बजेसम्म मतदान तालिका छ ।

नेपाली कांग्रेसको विधान अनुसार प्रधानमन्त्री बन्नका लागि संसदिय दलको नेता अनिवार्य हुनुपर्छ । कांग्रेस भित्र यतिबेला आधा दर्जन भन्दा बढी प्रधानमन्त्रीका आकांक्षी रहेका छन् । सोही अनुरुप बुधबार नेपाली कांग्रेसको संसदिय दलको लागि निर्वाचन हुँदैछ् । कांग्रेसबाट प्रतिनिधिसभामा निर्वाचिन ८९ जना सांसदहरु मात्रै दलको नेता छान्ने प्रक्रियामा सहभागी हुन पाउनेछन् ।

संस्थापन पक्षबाट सभापति शेरबहादुर देउवा सर्वसम्मत संसदीय दलको नेताको उम्मेदवार बन्दै छन् भने इतर समूहमा शेखर कोइराला र गगन थापा दुवैको आ–आफ्नै दाबी रहेको छ ।

प्रकाशित मिति : ५ पुस २०७९, मंगलबार  ८ : ५८ बजे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

सिटिजन्स बैंक कालिकानगरद्वारा तिलोत्तमा क्याम्पसमा वित्तीय साक्षरता कार्यक्रम सम्पन्न

रुपन्देही । सिटिजन्स बैंक इन्टरनेशनल लिमिटेड, कालिकानगर शाखाको आयोजनामा तिलोत्तमा

From Kathmandu to New Delhi: The Diplomatic Legacy of Alexander Kadakin

Kathmandu- The outstanding Russian diplomat Alexander Mikhailovich Kadakin is most

Nepal–Canada Relations Mark 61 Years with Focus on Mountaineering Tourism

Kathmandu- The Nepal–Canada Friendship and Cultural Association hosted a program

कांग्रेस विवादः निर्वाचन आयोगको निर्णयविरुद्ध सर्वोच्च पुग्यो देउवा पक्ष

काठमाडौं । गगन थापा नेतृत्वको नेपाली कांग्रेसलाई आधिकारिकता दिने निर्वाचन

विश्वकप छनोटः पहिलो खेलमा थाइल्यान्डसँग पराजित भयो नेपाल

काठमाडौं । आजदेखि सुरु भएको आईसीसी महिला टी-२० विश्वकप ग्लोबल