२० बैशाख २०८२, शनिबार । May 3, 2025

सावित्रीको म्युजिक भिडियो सार्वजनिक



काठमाडौं । म्युजिक भिडियो सावित्री सार्वजनिक भएको छ ।

आईतवार काठमाडौंमा एक कार्यक्रमबीच गीत सार्वजनिक भएको हो । रचना रिमालको स्वरमा रहेको गीतमा मिलन मोक्तानको संगीत रहेको छ । म्युजिक भिडियोमा महानायक राजेश हमाल, अभिनेत्री मिथिला शर्मा, एलिशा शंकर लगायतका कलाकारको अभिनय रहेको छ । गीतमा एक मानव तस्करीमा परेकी महिलाको कथावस्तुलाई समेटिएको छ ।

कार्यक्रममा बोल्दै महानायक राजेश हमालले मानव तस्करीमा परेका मानिसलाई समाजमा आइसकेपछि समाजले स्वीकार गर्न सक्नुपर्ने बताए । उनले ह्युमन ट्राफिकमा पर्ने मानिसको मानसिकता परिवर्तित हुनसक्ने भएकाले समाजले उसलाई स्वीकार गरेर भविष्यको बारेमा बुझाउन सक्नुपर्ने बताए ।

कार्यक्रममा अग्रज अभिनेत्री मिथिला शर्माले मानव तस्करीको कथावस्तु समाजले थाहा पाएर पनि नबुझेजस्तो गर्ने भएकाले गीतको माध्यमबाट यस्ता विषयको उठान गर्नु राम्रो भएको बताइन् । अभिनेत्री शर्माले यस्ता विषयहरुको परिवर्तन बिस्तारै हुने भएको भन्दै राम्रो सोच व्यवहारमा ल्याउन जरुरी रहेको बताइन् ।

प्रकाशित मिति : ४ पुस २०७९, सोमबार  ८ : ०० बजे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

नेपालमा आगामी वर्षदेखि यूरो ६ मापदण्ड लागू गर्ने

काठमाडौं । आगामी आर्थिक वर्ष २०८२/८३ देखि नेपालमा यूरो ६

स्थानीय कच्चा पदार्थ र सीपमा आधारित औद्योगिक विकासलाई प्राथमिकता

काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले आगामी आर्थिक वर्ष २०८२/८३ का

अब नेपालमै कमाउँदै पढ्ने अवसर,विद्यार्थीलाई हप्तामा २० घण्टा काम गर्ने सुविधा

काठमाडौं । अब क्याम्पस पढ्ने नेपाली विद्यार्थीहरूलाई कमाउँदै पढ्न सक्ने

समस्याग्रस्त सहकारीका साना बचतकर्ताले रकम फिर्ता पाउने !

काठमाडौं । समस्यामा परेका सहकारी संस्था सदस्यका साना बचतकर्ताहरूको रकम

युवालाई कृषिमा आकर्षित गर्न सरकारको यस्तो छन् नयाँ योजना

काठमाडौं । कृषि क्षेत्रलाई उद्यमशील बनाउने उद्देश्यले सरकारले नयाँ नीति