५ आश्विन २०८३, सोमबार । September 22, 2026

सावित्रीको म्युजिक भिडियो सार्वजनिक


४ पुस २०७९, सोमबार  

6
Shares

काठमाडौं । म्युजिक भिडियो सावित्री सार्वजनिक भएको छ ।

आईतवार काठमाडौंमा एक कार्यक्रमबीच गीत सार्वजनिक भएको हो । रचना रिमालको स्वरमा रहेको गीतमा मिलन मोक्तानको संगीत रहेको छ । म्युजिक भिडियोमा महानायक राजेश हमाल, अभिनेत्री मिथिला शर्मा, एलिशा शंकर लगायतका कलाकारको अभिनय रहेको छ । गीतमा एक मानव तस्करीमा परेकी महिलाको कथावस्तुलाई समेटिएको छ ।

कार्यक्रममा बोल्दै महानायक राजेश हमालले मानव तस्करीमा परेका मानिसलाई समाजमा आइसकेपछि समाजले स्वीकार गर्न सक्नुपर्ने बताए । उनले ह्युमन ट्राफिकमा पर्ने मानिसको मानसिकता परिवर्तित हुनसक्ने भएकाले समाजले उसलाई स्वीकार गरेर भविष्यको बारेमा बुझाउन सक्नुपर्ने बताए ।

कार्यक्रममा अग्रज अभिनेत्री मिथिला शर्माले मानव तस्करीको कथावस्तु समाजले थाहा पाएर पनि नबुझेजस्तो गर्ने भएकाले गीतको माध्यमबाट यस्ता विषयको उठान गर्नु राम्रो भएको बताइन् । अभिनेत्री शर्माले यस्ता विषयहरुको परिवर्तन बिस्तारै हुने भएको भन्दै राम्रो सोच व्यवहारमा ल्याउन जरुरी रहेको बताइन् ।

प्रकाशित मिति : ४ पुस २०७९, सोमबार  ८ : ०० बजे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

‘राइड फर नेपाल’ अभियानमार्फत उबरले बाढी प्रभावितलाई ५० लाख सहयोग गर्ने

काठमाडौं । भोटेकोशी बाढीबाट प्रभावित परिवारको राहत, पुनःस्थापना तथा पुनर्निर्माणमा

अप्टिमिस्ट इन्टरनेसनल एसिया डिस्ट्रिक्टको गभर्नरमा शरदचन्द्र भट्टराई निर्विरोध

काठमाडौं । अप्टिमिस्ट इन्टरनेसनल एसिया डिस्ट्रिक्टको सन् २०२६–२७ का लागि

जडीबुटीमा खुल्यो ‘सोफा स्टोर काठमाडौँ’ को नयाँ आउटलेट

काठमाडौंको जडीबुटीमा सोफा स्टोर काठमाडौँ को नयाँ आउटलेट उद्घाटन गरिएको

बालबालिकाको क्षमता विकास र सामाजिक सेवामा केन्द्रित हुन अप्टिमिष्टको जोड

काठमाडौं  । बालबालिकाको सामाजिक तथा मनोवैज्ञानिक विकाससँगै नेतृत्व क्षमता अभिवृद्धि

असोज ३ गते पाटनमा रहेका दशमहाविद्या परिक्रमा गरिँदै

काठमाडौँ। असोज ३ गते पाटनमा रहेका दशमहाविद्या पुजा र परिक्रमा