२६ मंसिर २०८२, बिहिबार । December 11, 2025

कांग्रेसकै नेतृत्वमा सरकार बन्छः प्रवक्ता महत



काठमाडौं । नेपाली काँग्रेसले आफ्नो पार्टीकै नेतृत्वमा सरकार गठनका लागि पहल गर्ने निर्णय गरेको छ ।

आईतवार पार्टी केन्द्रीय कार्यालय सानेपामा बसेको केन्द्रिय कार्य सम्पादन समितिको बैठकले काँग्रेसकै नेतृत्वमा सरकार गठनका लागि पहल गर्ने निर्णय गरेको हो । बैठकको निर्णय बारे जानकारी दिँदै प्रवक्ता डा. प्रकाशशरण महतले सबैभन्दा ठूलो पार्टी भएकाले काँग्रेसको नेतृत्वमा सरकार बनाउनु स्वभाविक भएको बताए ।

उनले कांग्रेस नेतृत्वमा सरकार गठनका लागि गठबन्धनमा रहेका र अन्य दलहरुसँग पनि छलफल अगाडी बढाउने निर्णय भएको समेत उल्लेख गरे । वर्तमान सत्तारुढ गठबन्धनको सरकारलाई नै निरन्तरता दिने आफूहरुको लक्ष्य भएको उनको धराण छ । बैठकले संसदीय दलको नेता चयन गर्नका लागि केन्द्रिय सहमहामन्त्री भिष्मराज आङ्दाम्बेको संयोजकत्वमा ३ सदस्यीय निर्वाचन समिति पनि गठन गरेको छ ।

निर्वाचन समितिका अन्य सदस्यहरुमा केन्द्रिय सदस्य पुष्पा भुसाल र प्रकाश रसाईली स्नेही रहनुभएको प्रवक्ता महतले जानकारी दिए । त्यस्तै सातवटै प्रदेशहरुमा पनि सबै दलहरुसँग समन्वय गरेर सरकार गठनको प्रक्रियालाई अगाडी बढाउने निर्णय भएको उनको भनाइ छ ।

प्रवक्ता महतले ३ दिनभित्रमा काँग्रेस संसदीय दलको निर्वाचन भइसक्ने जानकारी दिए ।

प्रकाशित मिति : ३ पुस २०७९, आइतबार  ७ : ५६ बजे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

‘१६औं इक्यान एजुकेसन फेयर –२०२५’ भव्य रुपमा सम्पन्न

काठमाडौं। १६‍औँ इक्यान शैक्षिक मेला–२०२५ नयाँ बानेश्वरस्थित एभरेस्ट होटलमा भव्य

कन्सल्टेन्सीको व्यापारिक प्रचारप्रसार नगर्न चिकित्सकलाई मेडिकल काउन्सिलको चेतावनी

काठमाडौं । नेपाल मेडिकल काउन्सिलले कन्सल्टेन्सीको व्यापारिक प्रचारप्रसार नगर्न चिकित्सकहरूलाई

Journalist for Justice Nepal Holds Solidarity Event for Venezuela

Kathmandu- Journalist for Justice Nepal organized a program titled “Journalist

एनपीएलः सन्दीप नायक ! विराटनगरको लगातार तेस्रो जित, जनकपुरको दोस्रो हार

काठमाडौं । कप्तान सन्दीप लामिछानेको धारिलो बलिङको मद्दतले विराटनगर किङ्सले

एनपीएलः जनकपुरविरुद्ध पहिले ब्याटिङ गर्दै विराटनगर

काठमाडौं । जारी नेपाल प्रिमियर लिग (एनपीएल) मा जनकपुर बोल्ट्सले