२ आश्विन २०८३, शुक्रबार । September 18, 2026

फिफा विश्वकप फुटबल

मोरक्कोलाई हराउँदै क्रोएसिया तेस्रो


३ पुस २०७९, आइतबार  

6
Shares

एजेन्सी । कतारमा जारी फिफा विश्वकपको २०२२ मा क्रोएसियाले तेस्रो स्थान हासिल गरेको छ ।

शनिबार कतारको खलिफा रंगशालामा भएको खेलमा मोरक्कोलाई २–१ को गोलअन्तरले हराउँदै क्रोएसिया तेस्रो भएको हो । क्रोएसियाको जितमा जोस्को भार्डीओल र मिस्लाभ ओर्सिचले १–१ गोल गरे । मोरक्कोका लागि अक्रफ दारीले बराबरी गोल फर्काएका थिए । मोरक्कोले दोस्रो हाफमा आक्रामक खेल प्रस्तुत गरेपनि डोमिनिक लिभाकोभिचलाई परास्त गर्न सकेन । गत संस्करणमा उपविजेता बनेको क्रोएसिया यसपटक तेस्रो स्थान हासिल गर्न सफल भयो ।

निकै प्रतिस्पर्धात्मक खेलमा क्रोएसियाले खेलको सातौं मिनेटमा नै अग्रता लिएको थियो । जोस्को भार्डीओलले हेडरमार्फत उत्कृष्ट गोल गर्दै क्रोएसियालाई अघि बढाए । तर मोरक्कोले २ मिनेटपछि नै गोल फर्कायो । अक्रफ दारीले मोरक्कोलाई सेट पिसमा क्लियर हुन नसकेको बलमा गोल गरेका थिए । उनले फ्रिकिकबाट आएको बललाई क्रोएसियाका डिफेन्डरले क्लियर गर्न नसक्दा हेडरमार्फत गोलतर्फ पठाए । ४२ औं मिनेटमा क्रोएसियाले पुन अग्रता लियो ।

मिस्लाभ ओर्सिचले पेनाल्टी क्षेत्रको बायाँ भागबाट सुन्दर गोल गरे । उनले गरेको प्रहार गोलरक्षक यासिन बोनोको हातमा लाग्दै गोलमा परिणत भएको थियो । दोस्रो हाफमा कुनै गोल हुन नसक्दा क्रोएसिया तेस्रो स्थान हासिल गर्न सफल भयो ।

प्रकाशित मिति : ३ पुस २०७९, आइतबार  ८ : २३ बजे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

असोज ३ गते पाटनमा रहेका दशमहाविद्या परिक्रमा गरिँदै

काठमाडौँ। असोज ३ गते पाटनमा रहेका दशमहाविद्या पुजा र परिक्रमा

राहत कोषमा ओइरियो पैसा ! प्रधानमन्त्री राहत कोषमा अहिलेसम्म कति जम्मा ?

काठमाडौं । गत भदौ १० गते रसुवाको भोटेकोशी नदीमा आएको

टिकटकका अनिलराज अब ठूलो पर्दामा, ‘कालमाण्डू’ले देला त अभिनयको असली पहिचान ?

काठमाडौं । एक्सन, थ्रिलर र सस्पेन्स कथामा निर्माण भएको नेपाली

हिमालयदेखि जापानसम्मः नेपाली स्वादमा जापानी फ्युजनको खोजी

काठमाडौं । नेपाली मौलिक स्वाद र जापानी पाककलाको प्रविधिलाई संयोजन

लिटिल मास्टर एण्ड मिस इटहरी सिजन–२ः हर्षिल र युनिशा विजेता

इटहरी । लिटिल मास्टर एण्ड मिस इटहरी सिजन–२ को सिनियरतर्फ