२६ मंसिर २०८२, बिहिबार । December 11, 2025

सरकारले प्रेस स्वतन्त्रतामाथि संकुचन गर्न खोजिरहेको छः प्रथम राष्ट्रपति यादव



काठमाडौं । नेपालका प्रथम राष्ट्रपति डा. रामवरण यादवले सरकारले प्रेस स्वतन्त्रतामाथि संकुचन गर्न खोजिरहेको बताएका छन् ।

शनिबार काठमाडौंमा आयोजित एक कार्यक्रममा बोल्दै उनले यस्तो बताएका हुन् । प्रथम राष्ट्रपति यादवले सञ्चारमाध्यमलाई लेख्न स्वतन्त्रता हुनुपर्ने बताए । उनले पछिल्लो समय नेपालमा लेख्ने स्वतन्त्रतामाथि विभिन्न कानून बनाएर संकुचन गर्न खोजिरहेको आरोप लगाए ।

उनले सरकारले गलत काम गरेको खण्डमा त्यसकाबिरुद्ध लडेर भएपनि अधिकार प्राप्त गर्नुपर्ने बताए । उनले आगामी बन्ने नयाँ सरकारले ज्ञान, बुद्धि र विवेकको प्रयोग गरेर काम गर्न सुझाव दिए । प्रथम राष्ट्रपति यादवले म्यानमारमा लोकतन्त्रको पक्षको आन्दोलनमा नेपालले कुनैपनि समर्थन नगरेको भन्दै आपत्ति जनाए ।

उनले नेपालले बर्मामा रहेका नेपालीहरुको स्वतन्त्रताका लागि सरकार र राजनीतिक दलहरुले आवाज उठाउन जरुरी रहेको बताए । प्रथम राष्ट्रपति यादवले म्यानमारको लोकतन्त्रको लडाईंमा नेपाल सरकार, राजनीतिक दल र पत्रकार महासंघ लगायत संघसंस्थाले कुनै आवाज नउठाएकोप्रति दुःख व्यक्त गरे ।

प्रकाशित मिति : २ पुस २०७९, शनिबार  ८ : ०३ बजे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

‘१६औं इक्यान एजुकेसन फेयर –२०२५’ भव्य रुपमा सम्पन्न

काठमाडौं। १६‍औँ इक्यान शैक्षिक मेला–२०२५ नयाँ बानेश्वरस्थित एभरेस्ट होटलमा भव्य

कन्सल्टेन्सीको व्यापारिक प्रचारप्रसार नगर्न चिकित्सकलाई मेडिकल काउन्सिलको चेतावनी

काठमाडौं । नेपाल मेडिकल काउन्सिलले कन्सल्टेन्सीको व्यापारिक प्रचारप्रसार नगर्न चिकित्सकहरूलाई

Journalist for Justice Nepal Holds Solidarity Event for Venezuela

Kathmandu- Journalist for Justice Nepal organized a program titled “Journalist

एनपीएलः सन्दीप नायक ! विराटनगरको लगातार तेस्रो जित, जनकपुरको दोस्रो हार

काठमाडौं । कप्तान सन्दीप लामिछानेको धारिलो बलिङको मद्दतले विराटनगर किङ्सले

एनपीएलः जनकपुरविरुद्ध पहिले ब्याटिङ गर्दै विराटनगर

काठमाडौं । जारी नेपाल प्रिमियर लिग (एनपीएल) मा जनकपुर बोल्ट्सले