४ आश्विन २०८३, आइतबार । September 20, 2026

अन्तर्राष्ट्रिय आप्रवासी श्रमिक दिवस सप्ताहव्यापी रुपमा मनाइँदै


२९ मंसिर २०७९, बिहिबार  

6
Shares

काठमाडौं । यस वर्षको अन्तर्राष्ट्रिय आप्रवासी श्रमिक दिवस सप्ताहव्यापी रुपमा मनाइने भएको छ ।

हरेक वर्ष डिसेम्बर १८ मा मनाइने गरिएको अन्तर्राष्ट्रिय आप्रवासी श्रमिक दिवसलाई यस वर्ष पनि सप्ताहव्यापी रुपमा मनाउन लागिएको हो । बिहीबार अन्तर्राष्ट्रिय आप्रवासी श्रमिक दिवस २०२२ मुल समारोह समितिले पत्रकार सम्मेलनको आयोजना गर्दै डिसेम्बर १६ देखि २२ तारिखसम्म सप्ताहव्यापी रुपमा अन्तर्राष्ट्रिय आप्रवासी श्रमिक दिवस मनाउन लागिएको जानकारी गराएको हो । मुल समारोह समितिका संयोजक तथा श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयका सचिव एकनारायण अर्यालले सुरक्षित एवं मर्यादित वैदेशिक रोजगारीका लागि सरोकारवालाहरुमा सचेतना अभिवृद्धि गर्ने उद्देश्यले आप्रवासी श्रमिक दिवसलाई सप्ताहव्यापी रुपमा मनाउन लागिएको बताए ।

यस वर्षको दिवसलाई नेपालमा ‘वैदेशिक रोजगारबाट प्राप्त सीप, पुँजी र ज्ञान: उद्यमशीलता, रोजगारी र राष्ट्रिय स्वाभिमान’ भन्ने मुल नाराका साथमा मनाउन लागिएको उनले जानकारी दिए । दिवसका लागि विभिन्न नाराहरु पनि तय गरिएका छन् । अप्रवासी श्रमिकको स्वास्थ्य र सामाजिक सुरक्षाको आधारः व्यवस्थित र सम्मानित वैदेशिक रोजगार, आप्रवासी श्रमिकको सम्मान गरौँः समान कामका लागि समान ज्याला कायम गरौँ, महिला अप्रवासी श्रमिकको सम्मान गरौँः लैंगिक विभेदको अन्त्य गरौँ, आप्रवासी र आश्रित परिवारको संरक्षण गरौँ र स्वास्थ्य र सामाजिक सुरक्षाको आधारः व्यवस्थित र सम्मानित वैदेशिक रोजगार लगायतका नाराहरु तय गरिएका छन् ।

प्रदेश सरकार र स्थानीय पालिकाको अगुवाइमा जिल्लास्थित विभिन्न सरकारी निकायहरु, वैदेशिक रोजगारको क्षेत्रमा कार्यरत विभिन्न संघसंस्थाहरु, सबै राजनीतिक दल, नागरिक समाज, गैर सरकारी एवं निजी संघसंस्थाहरु, ट्रेड युनियन, सञ्चार क्षेत्र र आप्रवासी श्रमिक तथा उनीहरुका परिवार समेतको सक्रियतामा कार्यक्रम हुने सचिव अर्यालको भनाई छ ।

प्रकाशित मिति : २९ मंसिर २०७९, बिहिबार  ६ : २९ बजे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

जडीबुटीमा खुल्यो ‘सोफा स्टोर काठमाडौँ’ को नयाँ आउटलेट

काठमाडौंको जडीबुटीमा सोफा स्टोर काठमाडौँ को नयाँ आउटलेट उद्घाटन गरिएको

बालबालिकाको क्षमता विकास र सामाजिक सेवामा केन्द्रित हुन अप्टिमिष्टको जोड

काठमाडौं  । बालबालिकाको सामाजिक तथा मनोवैज्ञानिक विकाससँगै नेतृत्व क्षमता अभिवृद्धि

असोज ३ गते पाटनमा रहेका दशमहाविद्या परिक्रमा गरिँदै

काठमाडौँ। असोज ३ गते पाटनमा रहेका दशमहाविद्या पुजा र परिक्रमा

राहत कोषमा ओइरियो पैसा ! प्रधानमन्त्री राहत कोषमा अहिलेसम्म कति जम्मा ?

काठमाडौं । गत भदौ १० गते रसुवाको भोटेकोशी नदीमा आएको

टिकटकका अनिलराज अब ठूलो पर्दामा, ‘कालमाण्डू’ले देला त अभिनयको असली पहिचान ?

काठमाडौं । एक्सन, थ्रिलर र सस्पेन्स कथामा निर्माण भएको नेपाली