११ चैत्र २०८२, बुधबार । March 26, 2026

सहकारीमा देखिएको समस्या सुधार नभएसम्म अर्थतन्त्र चलायमान हुँदैनः सचिव रेग्मी


२९ मंसिर २०७९, बिहिबार  

6
Shares

काठमाडौं । भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयका सचिव डा. दामोदर रेग्मीले सहकारीमा देखिएको समस्या सुधार नगरेसम्म सरकारले चाहेको जस्तो अर्थतन्त्रलाई चलायमान गराउन चुनौति रहेको बताएका छन् ।

बिहीबार मन्त्रालयमा समस्याग्रस्त सहकारी व्यवस्थापन समितिले प्रकाशित गरेको सहकारी सुशासन बुलेटिनको विमोचन कार्यक्रममा बोल्दै सचिव रेग्मीले यस्तो बताएका हुन् । उनले सहकारीहरुको संस्कृति बिना सहकारीमा देखिने समस्या निराकरण गर्न र सहकारीमा देखिएको समस्या सुधार नगरेसम्म सरकारले चाहेको जस्तो अर्थतन्त्रलाई चलायमान गराउन चुनौति रहेको बताए । उनले सहकारी तथा सरोकारवा निकायहरुले कम्फर्ट जोन नछोडे कम्फर्ट जोनमा बसेर सहकारीहरुको प्रगति नहुने बताए ।

सचिव रेग्मीले सहकारीलाई प्रोत्साहन, बिस्तार, नियमन र अन्तर निकायहरुसँग समन्वय कसले गर्ने विषयमा यकिन हुन आवश्यक रहेको बताए । उनले समस्याग्रस्त सहकारी व्यवस्थापन समितिले हट आइरनको रुपमा समस्याग्रस्त सहकारी व्यवस्थापन गर्नुपर्ने बताए । उनलेले अब समितिलाई देखेर गलत काम गर्ने सहकारी त्रासको वातावरण बनाएर तर्सन सक्नुपर्ने बताए ।

समस्याग्रस्त सहकारी व्यवस्थापन समितिका अध्यक्ष काशीराज दाहालले प्रचलनमा रहेका सहकारी सम्बन्धी ऐन र कानूनहरु पुराना भएकाले यसलाई समयानुकुल बनाउन आवश्यक रहेको औंल्याए । उनलेले स्थानीय सरकारले पनि सहकारी ऐन बनाउने प्रवाधान रहेता पनि नियमन कसले गर्ने अन्योल रहेको बताए । उनलेले अहिले चलिरहेको सहकारी ऐनलाई थप परिमार्जन गरी समय अनकुलको कानूनी बनाउन आवश्यक रहेको बताए ।

प्रकाशित मिति : २९ मंसिर २०७९, बिहिबार  ५ : ५४ बजे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

विश्व समूदायलाई सम्वादमार्फत शान्ति खोज्न जेजेएनको आह्वान

काठमाडाैं । विश्वमा जारी युद्ध र द्वन्द्वका कारण मानव अस्तित्व

सतुङ्गलमा भव्य कलश यात्रासहित १० दिने श्रीमद्देवीभागवत कथा एवं महारुद्र विराट महायज्ञ सुरु

काठमाडौं । सतुङ्गलस्थित विन्ध्य परिसरमा भव्य कलश यात्रासँगै १० दिने

विश्व शान्तिको आह्वान गर्दै सतुङ्गलस्थित विन्ध्य परिसरमा महारुद्र विराट महायज्ञ हुँदै

काठमाडौं। सतुङ्गलस्थित विन्ध्य परिसरमा १० दिने श्रीमद्देवीभागवत एवं महारुद्र विराट

ससीला मोटर्स र ओम्नी (काबरा) बिच सहकार्य: दुई ब्राण्डका विद्युतीय कमर्सियल गाडी ओम्नीले बेच्ने

काठमाडौँ । चिनियाँ ब्रान्डका विद्युतीय कमर्सियल सवारीसाधन किटोन भ्यान र

Anurag Pangeni Honored by Russian Embassy for Global Anti-Corruption Award

Kathmandu- The Russian Embassy in Kathmandu has honored 15-year-old Nepali