२ आश्विन २०८३, शुक्रबार । September 18, 2026

नेप्से परिसूचक १४.४८ अंकले गिरावट


२९ मंसिर २०७९, बिहिबार  

6
Shares

काठमाडौं । साताको अन्तिम कारोबारको दिन बिहीबार पनि नेप्से परिसूचकमा गिरावट आएको छ ।

गत मंगलबारदेखि ओरालो लागेको नेप्से परिसूचक बिहीबार पनि १४.४८ अंक घटेर १८८२.६० बिन्दुमा झरेको हो । त्यसैगरी,सेन्सेटिभ इण्डेक्स २.१५ अंक घटेको छ भने फ्लोट इण्डेक्स ०.९९ अंक र सेन्सेटिभ फ्लोट इण्डेक्स ०.८१ अंक घटेको छ । बिहीबार कारोबारमा आएका २८४ कम्पनीको ४८ लाख ४ हजार कित्ता शेयर १ अर्ब १९ करोड २६ लाख १६ हजार रुपैयाँ बराबरको खरिदबिक्री भएको छ ।

बिहीबार नेप्से परिसूचकमा गिरावट आएपनि कारोबार रकम भने बढेको छ । बिहीबार नेप्सेका १३ वटै उपसमूहको परिसूचक घटेको छ । जसमध्ये वित्त उपसमूहको परिसूचक १.४९ प्रतिशत घटेको छ ।

त्यस्तै,जलविद्युत, जीवन बीमा, उत्पादन तथा प्रशोधन र अन्य उपसमूहको परिसूचक १ प्रतिशतभन्दा बढी घटेको छ । नेप्से परिसूचकका दुई वटा कम्पनीको शेयर सकारात्मक सर्किट लेभलमा कारोबार भएको छ । जसमा रुरु जलविद्युत परियोजना र ईष्टर्न हाइड्रोपावरको शेयर सकारात्मक सर्किट लेभलमा कारोबार भएको हो ।

त्यस्तै, माउण्टेन इनर्जीको शेयरमूल्य साढे ७ प्रतिशत बढेको छ । तर यता पिपुल्स हाइड्रोपावरको शेयरमूल्य यस दिन नकारात्मक सर्किट लेभलमा करोबार भएको छ । बिहीबार नेपाल क्रेडिट एण्ड कमर्श बैंकको २२ करोड ८९ लाख ४२ हजार रुपैयाँ बराबरको संस्थापक शेयरको कारोबार भएको छ ।

प्रकाशित मिति : २९ मंसिर २०७९, बिहिबार  ४ : ५८ बजे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

असोज ३ गते पाटनमा रहेका दशमहाविद्या परिक्रमा गरिँदै

काठमाडौँ। असोज ३ गते पाटनमा रहेका दशमहाविद्या पुजा र परिक्रमा

राहत कोषमा ओइरियो पैसा ! प्रधानमन्त्री राहत कोषमा अहिलेसम्म कति जम्मा ?

काठमाडौं । गत भदौ १० गते रसुवाको भोटेकोशी नदीमा आएको

टिकटकका अनिलराज अब ठूलो पर्दामा, ‘कालमाण्डू’ले देला त अभिनयको असली पहिचान ?

काठमाडौं । एक्सन, थ्रिलर र सस्पेन्स कथामा निर्माण भएको नेपाली

हिमालयदेखि जापानसम्मः नेपाली स्वादमा जापानी फ्युजनको खोजी

काठमाडौं । नेपाली मौलिक स्वाद र जापानी पाककलाको प्रविधिलाई संयोजन

लिटिल मास्टर एण्ड मिस इटहरी सिजन–२ः हर्षिल र युनिशा विजेता

इटहरी । लिटिल मास्टर एण्ड मिस इटहरी सिजन–२ को सिनियरतर्फ