२८ चैत्र २०८१, शुक्रबार । April 11, 2025

राइड शेयरिङ एप ‘जाउँ गुरु’ सार्वजनिक



काठमाडौं । नयाँ राइड शेयरिङ प्लेटफर्म जाउँ गुरू सार्वजनिक भएको छ ।

आईतबार काठमाडौंको होटल र्‍याडिसनमा आयोजित एक कार्यक्रममा ‘जाउँ गुरु’ को औपचारिक उद्घाटन गरिएको हो ।कम्पनी तीन युवा इन्द्रहाङ लिङ्देन, खुसी लिम्बु र दिवाकर अर्यालले सामूहिक लगानी गरेका छन् । जाउँ गुरूले दैनिक यात्रालाई सहज बनाउने कम्पनीका अध्यक्ष इन्द्रहाङ लिङ्देनले जानकारी दिए ।

अहिले काठमाडौँ उपत्यकामा मात्र सेवा उपलब्ध भएको र आगामी दिनमा मोफसलमा पनि विस्तार गरिने लिङ्देनको भनाइ छ ।जाउँ गुरु एपमा लोकेसन शेयर, जीपीएस ट्रयाकिङ, भुक्तानीका लागि खल्ती लगायतका अन्य अनलाइन पेमेन्ट सिस्टमबाट पैसा तिर्न सकिने र २४ सै घण्टा कल सेन्टर सेवा लगायतका सुविधाहरु रहेका छन् ।

मोटरसाइकल र ट्याक्सी राइडर यस संस्था एपसँग आबद्ध हुँदा र यात्रु चढाउँदा पनि कुनै शुल्क नलाग्नु, चालकका लागि राइडरले सजिलै दर्ता गर्न सकिने, राइडर र यात्रुका लागि बीमा, राइडर वा अरु जो कोहीले रिफर गरेबापत कमिसन पाउने व्यवस्था, आपत्कालीन सुरक्षाका लागि नेपाल प्रहरीको १०० वा आकस्मिक सम्पर्क व्यक्तिसम्म सूचना दिन एसओएस (सेभ आवर सोल) सेवा पनि राखिएको छ ।

नेपालमा प्रयोगमा रहेका राइड सेयरिङ एपहरुले मोटरसाइकल र ट्याक्सीको मात्र सुविधा दिँदै आएकामा जाउँ गुरुले भने त्यसका अलावा बाइक डेलिभरी, मिनी ट्रक, पानी ट्याङ्कर र जिप भाडामा लिन सहजीकरण सेवा उपलब्ध गराउने छ ।

प्रकाशित मिति : ३१ आश्विन २०७९, सोमबार  ७ : ४६ बजे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

दुर्गा प्रसाईं हत्कडीसहित चन्द्रगढी विमानस्थल हुँदै काठमाडौं

काठमाडौं । राजावादी आन्दोलनमा संलग्न रही चैत १५ गते काठमाडौंको

अल्फाबेट मन्टेश्वरीको प्रथम अभिभावक दिवस तथा ग्र्याजुएसन कार्यक्रम सम्पन्न

काठमाडौं । तारकेश्वर नगरपालिका–६ पैँयाटारमा रहेको अल्फाबेट मन्टेश्वरीले प्रथम अभिभावक

सुनको मूल्यले तोड्यो नयाँ रेकर्ड, प्रतितोला १ लाख ८५ हजार

काठमाडौं । नेपाली बजारमा आज (शुक्रबार) सुनको मूल्य ऐतिहासिक उचाइमा

सुनको मूल्यमा ऐतिहासिक उछाल, चाँदीले पनि तोड्यो पुरानो रेकर्ड

काठमाडौं । नेपाली बजारमा शुक्रबार सुनको भाउले नयाँ रेकर्ड बनाएको

नेपाल प्रहरीको नियन्त्रणमा दुर्गा प्रसाईं, भद्रपुरबाट काठमाडौं ल्याउने तयारी

काठमाडौँ । दुर्गा प्रसाईंलाई नेपाल प्रहरीले झापाको भद्रपुर क्षेत्रबाट आधिकारिक