६ आश्विन २०८३, मंगलबार । September 23, 2026

चलचित्र सरी ममको ट्रेलर सार्वजनिक


२७ मंसिर २०७९, मंगलबार  

6
Shares

काठमाडौं । चलचित्र सरी ममको ट्रेलर सार्वजनिक भएको छ ।

सोमबार काठमाडौंमा एक कार्यक्रमबीच ट्रेलर सार्वजनिक गरिएको हो । १ मिनेट १९ सेकेण्डको ट्रेलरमा सामाजिक विषयवस्तुहरुको उठान गरिएको छ । लागुऔषध बिरुद्धको सन्देशसहित सामाजिक तथा पारिवारिक कथामा निर्माण भएको फिल्ममा प्रमुख कलाकार सरिता लामिछाने, सरोज खनालको अभिनय रहेको छ ।

चलचित्रमा परिवारको सदस्य दुव्र्यसनीमा परेपछि उत्पन्न हुने परिस्थिति र त्यसले सम्बन्धित किशोर र परिवारमा पार्ने प्रभावको कुरालाई समेटिएको छ । किशोरावस्था उमेरलक्षित चलचित्रको सार्वजनिक ट्रेलरले कुलतबिरुद्धको सन्देश बोल्छ । कार्यक्रममा बोल्दै नायिका सरिता लामिछानेले किशोरावस्था र युवापुस्ताका दर्शकलाई लक्षित गरेर निर्माण गरिएको भन्दै चलचित्र उत्कृष्ट रहेकाले दर्शकको मन जित्ने बताइन् ।

उनले फिल्मले सामाजिक कथावस्तुको उजागर गरेकाले लक्षित वर्गमा यसको प्रभाव पार्ने बताइन् । त्यस्तै कार्यक्रममा नायिका करिश्मा मानन्धरले फिल्म सरी ममले दर्शकको माया धेरै पाउनेमा विश्वस्त रहेको बताइन् । चलचित्र सन्देशमुलक भएकाले सबैले हेर्न आवश्यक रहेको बताइन् ।

उनले कलाकार क्षेत्रमा दिग्गज मानिने व्यक्तित्वहरु चलचित्रमा रहेकाले र लागुऔषध बिरुद्धको अभियानमा यसले सहयोग पुग्ने बताइन् । नविन बोगटीको निर्देशनमा बनेको फिल्ममा सरोज खनाल र सरिता लामिछाने, एलिस राई, प्रभात पल , प्रेविल कडेल , आरबि कटुवाल , बिहान श्रेष्ठ, युनिसा बजगाईं , रेजिना मगर , सरोज बखुरेल, लालमणि भण्डारीको अभिनय रहेको छ । फिल्ममा दीर्घ गुरुङको छायाङ्कन र प्रितम पाण्डेको सम्पादन छ ।

आयुष बुढाथोकी र सरोज पौडेलले लेखेको फिल्मको निर्मातामा खेमराज अधिकारी र रोजिता तामाङ पनि छन् ।

प्रकाशित मिति : २७ मंसिर २०७९, मंगलबार  ११ : ३५ बजे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

‘राइड फर नेपाल’ अभियानमार्फत उबरले बाढी प्रभावितलाई ५० लाख सहयोग गर्ने

काठमाडौं । भोटेकोशी बाढीबाट प्रभावित परिवारको राहत, पुनःस्थापना तथा पुनर्निर्माणमा

अप्टिमिस्ट इन्टरनेसनल एसिया डिस्ट्रिक्टको गभर्नरमा शरदचन्द्र भट्टराई निर्विरोध

काठमाडौं । अप्टिमिस्ट इन्टरनेसनल एसिया डिस्ट्रिक्टको सन् २०२६–२७ का लागि

जडीबुटीमा खुल्यो ‘सोफा स्टोर काठमाडौँ’ को नयाँ आउटलेट

काठमाडौंको जडीबुटीमा सोफा स्टोर काठमाडौँ को नयाँ आउटलेट उद्घाटन गरिएको

बालबालिकाको क्षमता विकास र सामाजिक सेवामा केन्द्रित हुन अप्टिमिष्टको जोड

काठमाडौं  । बालबालिकाको सामाजिक तथा मनोवैज्ञानिक विकाससँगै नेतृत्व क्षमता अभिवृद्धि

असोज ३ गते पाटनमा रहेका दशमहाविद्या परिक्रमा गरिँदै

काठमाडौँ। असोज ३ गते पाटनमा रहेका दशमहाविद्या पुजा र परिक्रमा