५ असार २०८३, शुक्रबार । June 19, 2026

समानुपातिक सिफारिसबारे अनावश्यक विवादको कुनै अर्थ छैन: प्रवक्ता ढकाल


२५ मंसिर २०७९, आइतबार  

6
Shares

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीको समानुपातिक सांसद सिफारिसमा असन्तुष्टि देखिएको छ ।

पार्टीको समानुपातिक सूचीको शीर्ष स्थानमा नामावली भएका नेताहरू नै सिफारिसमा नपरेपछि असन्तुष्टि देखिएको हो ।साे पार्टीको समानुपातिकतर्फ खस आर्य कोटाबाट दोस्रो नम्बरमा रहेका गणेश कार्कीले पार्टी प्रवक्ता डा. मुकुल ढकालका कारण आफूहरू सिफारिसमा पर्न नसकेको शनिबार सामाजिक सञ्जालमा उल्लेख गरेका थिए । दलिततर्फको सिफारिसमा समेत असन्तुष्टि देखिएको छ ।

दलित कोटामा पनि महिलालाई पन्छाउँदै पुरुषलाई नै सिफारिस गरिएको छ । रास्वपाको बन्दसूचीमा दलित समूहबाट महिलाको पहिलो नम्बरमा रहेकी कल्पना रोक्काले पार्टी कार्यालयमा आयोजित पत्रकार सम्मेलनमै पार्टीले एकजना पनि दलित महिलालाई सिफारिस नगरेर दलित महिलामाथि अपमान गरेको बताएकी थिइन् । यद्यपि प्रवक्ता डा. ढकालले यसअघि निर्वाचन आयोगमा पठाएको बन्दसूची भन्दा दायाँबायाँ नगरी समानुपातिक सांसद सिफारिस गरेको दाबी गरेका छन् ।

उनले समानुपातिक सांसद सिफारिसमा कुनै तलमाथि नभएकाले अनावश्यक विवादको अर्थ नरहेको प्रतिक्रिया दिएका हुन् ।उनले भने, ‘हामीले समानुपातिकतर्फ यसअघि निर्वाचन आयोगमा पठाइएकै बन्दसूचीका आधारमा सांसद सिफारिस गरेका छौँ । त्यो भन्दा दायाँबायाँ भएको छैन ।’  पार्टीले प्राप्त गरेको सिट र क्लस्टरअुनसार नाम सिफारिस गर्दा कतिपय उम्मेदवार छुटे पनि सिफारिसप्रति असन्तुष्ट हुन जरुरी नरहेको उनले बताए ।

प्रत्यक्षतर्फ ७ सिट जितेको रास्वपाले समानुपातिकमा १३ सिट पाएको छ । शनिबार दिउँसोसम्म निर्वाचन आयोगले नाम सिफारिस गर्ने म्याद तोके पनि कतिपय दलहरूले शनिबार मध्यरातिसम्म मात्र समानुपातिक सांसद सिफारिसको विवरण बुझाएका थिए । निर्वाचन आयोगले दलहरूले रातिसम्म बुझाएको सूची कानुनसम्मत भए नभएको आज हेर्नेछ । कानुनबमोजिम नभएको भए अझै पनि सच्याउन दुई दिनको समय उपलब्ध गराउने आयोगले जनाएको छ । 

प्रकाशित मिति : २५ मंसिर २०७९, आइतबार  २ : ३२ बजे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Russia: Asia’s Helping Hand – Opportunities of Benefit for Nepal

Kathmandu- It is said that world politics revolves around the

नर्वेको शानदार सुरुवात ! इराक ४-१ गोलअन्तरले पराजित

काठमाडौं । २८ वर्षपछि फिफा विश्वकपमा पुनरागमन गरेको नर्वेले शानदार

सेनेगलविरुद्ध फ्रान्सको शानदार जित ! एम्बाप्पेको २ गोल

काठमाडौं । फ्रान्सले फिफा विश्वकप–२०२६ को आफ्नो पहिलो खेलमा सेनेगलविरुद्ध

एनपीएल सिजन ३ः विराटनगर किंग्समा सन्दीपसहित ६ खेलाडी रिटेन

काठमाडौं । नेपाल प्रिमियर लिग सिजन ३ का लागि विराटनगर

न्यूजिल्यान्ड र इरान पनि २–२ को बराबरीमा

काठमाडौं । फिफा विश्वकप २०२६ अन्तर्गत मंगलबार बिहान भएको खेलमा