२० मंसिर २०८२, शुक्रबार । December 5, 2025

ग्ल्यामर भन्दा पनि अभिनयमा रुची राख्छुः नम्रता सापकोटा



काठमाडौं । नेपाली चलचित्र डेसान देशभर प्रदर्शनमा आएको छ ।

फिल्म शुक्रबारबाट देशभरका सिनेमा घरमा प्रदर्शनमा आएको हो । शुक्रबार साँझ दर्शकहरुसँगै चलचित्र हेरिसकेपछि कलाकारहरुले दर्शकहरुबाट राम्रो माया पाएको बताइन् । सञ्चारकर्मीहरुसँग कुरा गर्दै अभिनेत्री नम्रता सापकोटाले चलचित्रमा नराम्रो कुराहरु चाँडै फैलिन्छ, महामारी जस्ता नराम्रा कुराहरु चाँडै फैलिने भन्नेकुरालाई चलचित्रमा देखाइएको बताइन् ।

उनले चलचित्रमा आफूले भाइरसको रोल खेलेको बताइन् । चलचित्रमा एक महिलाले घर बनाउन पनि सक्छ चाहेमा घर भत्काउन पनि सक्छ भन्ने कुरालाई देखाइएको बताइन् । ग्लामर आफ्नो ठाउँमा भएपनि आफूलाई अभिनय गर्दा मजा लाग्ने बताइन् ।

उनले चलचित्रको कथाले अन्तिमसम्म नै के हुन्छ भन्ने कौतुहलता हुने बताइन् । कमल एक्चै मगर निर्देशित चलचित्रमा भोला सापकोटा, नम्रता सापकोटा, निशान चौहान, पुनम थापा, कविता आले, आरुषजंग सारु, मलिका बस्नेत, प्रमिशा सारु मगरलगायतको अभिनय छ । चलचित्रको मुख्य भुमिकामा रहेका निशान र पुनमको यो डेब्यु चलचित्र हो ।

चलिचत्रमा पारिवारिक प्रेम, विश्वास, घात तथा बदलाको कथा उठान गरिएको छ । पर्फर्मिङ आर्ट क्रिएशनको ब्यानरमा कृशाला मगर कार्यकारी निर्माता रहेको चलचित्रको कथा राजु काउँचा मगरले लेखेका हुन् भने पटकथा र सम्वाद निर्देशक मगरकै हो ।चक्रबहादुर महर्जनले खिचेको चलचित्रलाई मिलन श्रेष्ठले सम्पादन गरेका छन् । चलचित्रको वितरण एफडी, जीजीए ग्रुप र रिच इन्टरटेन्मेन्टले गरेको हो ।

प्रकाशित मिति : २४ मंसिर २०७९, शनिबार  ११ : २१ बजे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

कन्सल्टेन्सीको व्यापारिक प्रचारप्रसार नगर्न चिकित्सकलाई मेडिकल काउन्सिलको चेतावनी

काठमाडौं । नेपाल मेडिकल काउन्सिलले कन्सल्टेन्सीको व्यापारिक प्रचारप्रसार नगर्न चिकित्सकहरूलाई

Journalist for Justice Nepal Holds Solidarity Event for Venezuela

Kathmandu- Journalist for Justice Nepal organized a program titled “Journalist

एनपीएलः सन्दीप नायक ! विराटनगरको लगातार तेस्रो जित, जनकपुरको दोस्रो हार

काठमाडौं । कप्तान सन्दीप लामिछानेको धारिलो बलिङको मद्दतले विराटनगर किङ्सले

एनपीएलः जनकपुरविरुद्ध पहिले ब्याटिङ गर्दै विराटनगर

काठमाडौं । जारी नेपाल प्रिमियर लिग (एनपीएल) मा जनकपुर बोल्ट्सले

एनपीएलः लुम्बिनीको सुखद् सुरुवात, चितवन ६ विकेटले पराजित

काठमाडौं । एनपीएलको दोस्रो संस्करणमा लुम्बिनी लायन्सले विजयी सुरुवात गरेको