४ आश्विन २०८३, आइतबार । September 20, 2026

समानुपातिकतर्फको नाम निर्वाचन आयोगमा पठाउने शनिबार अन्तिम दिन


२४ मंसिर २०७९, शनिबार  

6
Shares

काठमाडौं । समानुपातिकतर्फ प्राप्त गरेको सिटमा निर्वाचित हुने सांसदको नाम पठाउन निर्वाचन आयोगले दलहरूलाई दिएको समय शनिबार सकिँदैछ ।

प्राप्त  मतका आधारमा प्रतिनिधिसभा र प्रदेश सभामा सिट बाँडफाँड गरी ‘क्लस्टर’ मिलाएर नाम पठाउन आयोगले बुधबार दलहरूलाई शनिबारसम्मको समय दिएको हो । दलहरूलाई भने समानुपातिकबाट सांसदको नाम चयन गर्न सकस परेको छ । प्रत्यक्षबाट चुनाव जितेका महिलाको संख्या न्यून भएपछि समानुपातिकबाट प्रतिनिधिसभामा अधिकांश महिला लैजानुपर्ने भएकाले दलहरू दबाबमा परेका हुन् ।

नाम टुंगो लगाउन उनीहरू शनिबार नै आन्तरिक छलफलमा जुट्दैछन् ।  नेपाली कांग्रेसले विहान ९ बजे केन्द्रीय कार्यसम्पादन समितिको बैठक बोलाएको छ । समानुपातिकबाट ३२ सिट पाएको कांग्रेसले २९ जना महिला अनिवार्य पठाउनुपर्ने भएकाले ३ मात्रै पुरुष छान्नुपर्ने छ ।

तर दलित, मधेशी, आदिवासी, मुस्लिम, खसआर्य र थारु गरी ६ वटा क्लस्टरको एक नम्बरमा केन्द्रीय नेता नै रहेकाले कसलाई प्रतिनिधिसभामा लैजाने भन्ने निर्णय गर्न कांग्रेसलाई सकस भएको छ । ३४ सिट पाएको एमालेले पनि समानुपातिकको नाम टुंगो लगाउन आज सचिवालय बैठक बोलाएको छ । नेकपा माओवादी केन्द्रले पनि समानुपातिकमा पाएको १४ उम्मेदवार छनोट गर्न शनिबार पदाधिकारी बैठक बोलाएको छ ।

शुक्रबारको बैठक निष्कर्षमा पुग्न नसकेपछि फेरि बस्न लागेको माओवादी केन्द्रले जनाएको छ। प्रतिनिधिसभामा समानुपातिकतर्फ १३ सिट पाएको राष्ट्रिय स्वतन्त्र पार्टी र सात सिट पाएको राप्रपाले पनि आज पार्टीको आधिकारिक बैठकबाट निर्वाचित हुनेको नाम टुंगो लगाउने तयारी गरेका छन् ।

प्रकाशित मिति : २४ मंसिर २०७९, शनिबार  १० : ५३ बजे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

जडीबुटीमा खुल्यो ‘सोफा स्टोर काठमाडौँ’ को नयाँ आउटलेट

काठमाडौंको जडीबुटीमा सोफा स्टोर काठमाडौँ को नयाँ आउटलेट उद्घाटन गरिएको

बालबालिकाको क्षमता विकास र सामाजिक सेवामा केन्द्रित हुन अप्टिमिष्टको जोड

काठमाडौं  । बालबालिकाको सामाजिक तथा मनोवैज्ञानिक विकाससँगै नेतृत्व क्षमता अभिवृद्धि

असोज ३ गते पाटनमा रहेका दशमहाविद्या परिक्रमा गरिँदै

काठमाडौँ। असोज ३ गते पाटनमा रहेका दशमहाविद्या पुजा र परिक्रमा

राहत कोषमा ओइरियो पैसा ! प्रधानमन्त्री राहत कोषमा अहिलेसम्म कति जम्मा ?

काठमाडौं । गत भदौ १० गते रसुवाको भोटेकोशी नदीमा आएको

टिकटकका अनिलराज अब ठूलो पर्दामा, ‘कालमाण्डू’ले देला त अभिनयको असली पहिचान ?

काठमाडौं । एक्सन, थ्रिलर र सस्पेन्स कथामा निर्माण भएको नेपाली