२४ बैशाख २०८२, बुधबार । May 8, 2025

वुलिङ एयर ईभी आधिकारिक रूपले नेपाली बजारमा डेब्यु



काठमाडौं । इभी नेपाल मोटर्सले नेपाली बजारमा नयाँ विद्युतीय कार सार्वजनिक गरेको छ ।

नक्सालमा शोरुम उद्घाटनसंगै कम्पनीले वुलिङ ब्रान्डको कार एयर इभीलाई औपचारिक रुपमा सार्वजनिक गरेको हो । वुलिङ ब्रान्ड चिनियाँ सवारी उत्पादक समूह एसएआइसी अन्तर्गतको हो। यो चीनमा सर्वाधिक बिक्री हुने विद्युतीय कारमा पर्छ। साथै इन्डोनेशियाली बजारमा पनि निकै लोकप्रिय रहेको छ ।

नेपाली बजारमा यो मिनी इभीको २०० र ३०० किलोमिटर रेन्ज दिने दुई भेरिएन्ट उपलब्ध छन् । यसको मूल्य क्रमशः २४ लाख ९९ हजार र ३० लाख ९९ हजार रुपैयाँ निर्धारण गरिएको छ । सिटी ड्राइभिङका लागि उपयुक्त यो इलेक्ट्रिक कार ३० किलोवाट र ५० किलोवाट क्षमतामा उपलब्ध छ।

वुलिङका कार ४ घण्टामा फुल चार्ज हुने दाबी गरिएको छ। यो कारमा कम्पनीले ८ वर्षको वारेन्टी दिएको छ। एयर इभीमा भ्वाइस कमान्डिङ विशेषता पनि रहेको छ। 

प्रकाशित मिति : २३ मंसिर २०७९, शुक्रबार  ८ : २४ बजे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

नेप्सेमा उत्साहजनक उछाल, ६१ अंकले परिसूचक उक्लिँदै २६७२ विन्दुमा

काठमाडौं । नेपाली सेयर बजारमा बुधबार विशेष उत्साह देखियो। लामो

भारत-पाकिस्तान तनावः मोदीले रद्द गरे युरोप भ्रमण

एजेन्सी । पाकिस्तानमा भारतीय सेनाद्वारा गरिएका निशानात्मक कारबाहीपश्चात भारत–पाकिस्तानबीचको तनाव

भारत–पाकिस्तान तनावः भारततर्फ १० र पाकिस्तानतर्फ ३६ सर्वसाधारणको मृत्यु पुष्टि

एजेन्सी । गएरातिदेखि भारत–पाकिस्तान सीमा क्षेत्रमा चर्किएको तनावले ठूलो मानवीय

दुई महिनादेखि उडा ठप्प ! विमानस्थलको गेटमै चर्कियो आन्दोलन

रुपन्देही । पछिल्ला दुई महिनादेखि अन्तर्राष्ट्रिय उडान नहुँदा गौतम बुद्ध

आतंकवाद नरोकेसम्म पाकिस्तानसँग क्रिकेट खेल्न हुँदैनः गौतम गम्भीर

एजेन्सी । भारतका पूर्व क्रिकेटर तथा वर्तमान प्रशिक्षक गौतम गम्भीरले