४ असार २०८३, बिहिबार । June 19, 2026

पूर्वउपप्रधानमन्त्रीहरू कतिले जिते, कति पराजित भए ?


२२ मंसिर २०७९, बिहिबार  

6
Shares

काठमाडौं । प्रतिनिधिसभाको प्रत्यक्षतर्फको निर्वाचनमा १२ पूर्वउपप्रधानमन्त्री उम्मेदवार रहेकामा छ जना निर्वाचित भएभने छ जना पराजित भएका छन् ।

मङ्सिर ४ गते सम्पन्न प्रतिनिधिसभा सदस्य निर्वाचनमा पूर्वउपप्रधानमन्त्रीहरू नेपाली कांग्रेसका रामचन्द्र पौडेल (तनहुँ) र प्रकाशमान सिंह (काठमाडौं), नेकपा (एमाले) का विष्णुप्रसाद पौडेल (रुपन्देही), रघुवीर महासेठ (धनुषा) र टोपबहादुर रायमाझी (अर्घाखाँची) तथा राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसी (बाग्लुङ) बाट निर्वाचित भएका छन् । पूर्वउपप्रधानमन्त्रीहरू कांग्रेसका कृष्णप्रसाद सिटौला (झापा), सुजाता कोइराला (मोरङ) र विजयकुमार गच्छदार (सुनसरी) बाट पराजित भए ।एमालेका नेता ईश्वर पोखरेल (काठमाडौं) र राष्ट्रिय प्रजातन्त्र पार्टी नेपालका अध्यक्ष कमल थापा (मकवानपुर) बाट पराजित भए ।

यस्तै जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादव (सप्तरी) र लोकतान्त्रिक समाजवादी पार्टीका वरिष्ठ नेता राजेन्द्र महतो (सर्लाही) बाट पराजित भए । यसैगरी पूर्वउपप्रधानमन्त्रीहरू कांग्रेसका विमलेन्द्र निधि समानुपातिक सूचीमा छन् भने माओवादी केन्द्रका वरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठ र वामदेव गौतम हाल राष्ट्रियसभा सदस्य छन् । एमाले नेता डा भीमबहादुर रावल, माओवादी केन्द्रका प्रवक्ता कृष्णबहादुर महरा र नेकपा (माले) का महासचिव चन्द्रप्रकाश (सिपी) मैनाली यही मङ्सिर ४ गते सम्पन्न निर्वाचनमा उम्मेदवार रहेनन् ।

प्रकाशित मिति : २२ मंसिर २०७९, बिहिबार  ४ : ५४ बजे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Russia: Asia’s Helping Hand – Opportunities of Benefit for Nepal

Kathmandu- It is said that world politics revolves around the

नर्वेको शानदार सुरुवात ! इराक ४-१ गोलअन्तरले पराजित

काठमाडौं । २८ वर्षपछि फिफा विश्वकपमा पुनरागमन गरेको नर्वेले शानदार

सेनेगलविरुद्ध फ्रान्सको शानदार जित ! एम्बाप्पेको २ गोल

काठमाडौं । फ्रान्सले फिफा विश्वकप–२०२६ को आफ्नो पहिलो खेलमा सेनेगलविरुद्ध

एनपीएल सिजन ३ः विराटनगर किंग्समा सन्दीपसहित ६ खेलाडी रिटेन

काठमाडौं । नेपाल प्रिमियर लिग सिजन ३ का लागि विराटनगर

न्यूजिल्यान्ड र इरान पनि २–२ को बराबरीमा

काठमाडौं । फिफा विश्वकप २०२६ अन्तर्गत मंगलबार बिहान भएको खेलमा