३ आश्विन २०८३, शनिबार । September 19, 2026

अतिक्रमण हटाउदैँ शिवराज नगरपालिका


२२ मंसिर २०७९, बिहिबार  

6
Shares

कपिलवस्तु । कपिलवस्तुको शिवराज नगरपालिकाले सडक अतिक्रमण गरेका संरचना हटाउन थालेको छ ।

नगरप्रमुख अजय थापाले यस क्षेत्रमा सडक अतिक्रमण गरेका संरचना र सामग्री हटाउन थालेको बताए । नगरपालिकाका जनप्रतिनिधि, कर्मचारी, नेपाल प्रहरी, ट्राफिक प्रहरीसहितको टोली अतिक्रमण भएको स्थानको पहिचान गरी सो कार्यमा खटिएका छन् । नगरपालिकाले पूर्व पश्चिम राजमार्ग र चन्द्रौटा कृष्णनगर सडक खण्ड मिचेर राखिएका ठेला गाडा हटाएको हो ।

एक दशकदेखि गरिएको अतिक्रमण हटाएको नगरप्रमुख थापाले बताए । मुख्य सडक र पेटी मिचेर राखिएका पसलका सामग्री ठेला गाडा तथा सडकमा पार्किङ गरी सवारीसाधन मर्मत गर्दा नगरको सुन्दरता बिग्रँदै गएको र सवारी दुर्घटनाको जोखिम बढेकाले अतिक्रमण गरीएका संरचना हटाइएको नगरप्रमुख थापाले बताए । बजार क्षेत्रमा जथाभाबी सवारी साधन पार्किङ गर्न समेत प्रतिबन्ध गरिएको छ ।

चन्द्रौटा बजारमा सडकमा सवारीसाधन पार्किङ र सवारी मर्मत गर्ने काम हुँदै आएको थियो । बुधबार सडक छेउमा पार्किङ गरिएको ट्रक र मोटरसाइकल हटाइएको छ । ठेला लगायत साना व्यापारी व्यवसायीलाई मात्र दुःख दिएको भन्दै केहीले नगरपालिकाले गरेको कामप्रति गुनासो गरेका छन् ।

प्रकाशित मिति : २२ मंसिर २०७९, बिहिबार  ४ : १६ बजे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

जडीबुटीमा खुल्यो ‘सोफा स्टोर काठमाडौँ’ को नयाँ आउटलेट

काठमाडौंको जडीबुटीमा सोफा स्टोर काठमाडौँ को नयाँ आउटलेट उद्घाटन गरिएको

बालबालिकाको क्षमता विकास र सामाजिक सेवामा केन्द्रित हुन अप्टिमिष्टको जोड

काठमाडौं  । बालबालिकाको सामाजिक तथा मनोवैज्ञानिक विकाससँगै नेतृत्व क्षमता अभिवृद्धि

असोज ३ गते पाटनमा रहेका दशमहाविद्या परिक्रमा गरिँदै

काठमाडौँ। असोज ३ गते पाटनमा रहेका दशमहाविद्या पुजा र परिक्रमा

राहत कोषमा ओइरियो पैसा ! प्रधानमन्त्री राहत कोषमा अहिलेसम्म कति जम्मा ?

काठमाडौं । गत भदौ १० गते रसुवाको भोटेकोशी नदीमा आएको

टिकटकका अनिलराज अब ठूलो पर्दामा, ‘कालमाण्डू’ले देला त अभिनयको असली पहिचान ?

काठमाडौं । एक्सन, थ्रिलर र सस्पेन्स कथामा निर्माण भएको नेपाली