२५ फाल्गुन २०८१, आइतबार । March 9, 2025

वर्तमान हवाई नीति नै हवाई क्षेत्रको बाधकः महानिर्देशक अधिकारी



कठमाडौं । नेपाल नागरिक उड्डयन प्राधिकरणका महानिर्देशक ई. प्रदीप अधिकारीले वर्तमान हवाई नीति नै हवाई क्षेत्रको बाधक भएको बताएका छन् ।

बुधबार अन्तर्राष्ट्रिय नागरिक उड्डयन दिवस कार्यक्रममा बोल्दै कार्यकारी निर्देशक अधिकारीले सरकारको हवाई क्षेत्र विकासको प्रतिवद्धता र राष्ट्रिय हवाई नीति कमजोर भएको कारण हवाई क्षेत्रको विकास हुन नसकेको बताएका हुन् । उनले सरकारले नयाँ हवाई नीति बनाउँदा अहिले हवाई क्षेत्रमा देखिएका नयाँ चुनौति समस्यालाई समेत सम्बोधन हुनेगरी लेख्न आवश्यक रहेको बताए । उनले हवाई नीतिमा एउटा पर्यटन क्षेत्रको लागि मात्रै हवाई उडानको विकास हुनुपर्छ भन्ने साघुँरो सोचबाट माथि उठेर नीति बनाउन आवश्यक रहेको बताए ।

उनले पूर्व नागरिक उड्डयन प्राधिकरणका पूर्वप्रमुख वा मन्त्रालयका जानकारले मात्रै नीति बनाएर काम नहुने भन्दै वृहत अर्थ बुझेका विज्ञहरुबाट हवाई नीति बनाउनुपर्ने बताए । उनले हाम्रो देश वातावरणीय प्रभावलाई देखाएर विमानस्थलहरु बनाउन नसकिएको तर टर्कीले २५ लाख रुख काटेर विमानस्थल बनाएको बताए । उनले अहिले त्यो विमानस्थलमा ९ करोड हवाई यात्रु उडान गरिरहेको बताए ।

प्रकाशित मिति : २१ मंसिर २०७९, बुधबार  ७ : ०९ बजे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

जिल्ला स्तरीय विशेष विद्यालय रनिङ शिल्ड प्रतियोगिता रौतहट २०८१ सम्पन्न

रौतहट । रौतहटको श्री बागमती माध्यमिक विद्यालय, गोपालकुटी, चन्द्रपुर-१ मा

च्याम्पियन्स ट्रफीको उपाधि भिडन्त आज, उपाधिका लागि भारत र न्यूजिल्यान्ड भिड्दै

काठमाडौं । जारी च्याम्पियन्स ट्रफीको उपाधि भिडन्त आज हुँदैछ ।

पीएम कप एकदिवसीय पुरुष राष्ट्रिय क्रिकेट आजदेखि, खेल लुम्बिनीका ३ रंगशालामा हुँदै

रुपन्देही । प्रधानमन्त्री कप (पीएम कप) एकदिवसीय पुरुष राष्ट्रिय क्रिकेट

पूर्वी चितवनमा जंगली हात्तीको आक्रमणमा परि एक जनाको मृत्यु

चितवन । पूर्वी चितवनमा जङ्गली हात्तीको आक्रमणबाट एक जनाको मृत्यु

आजको विनिमयदरः युरोको मूल्यमा नयाँ रेकर्ड, अन्य विदेशी मुद्राको विनिमयदर कति ?

काठमाडौं । नेपाल राष्ट्र बैंकका अनुसार आज अमेरिकी डलर एकको