१४ चैत्र २०८२, शनिबार । March 28, 2026

एकैदिन ३२ जनामा कोरोना पुष्टि


३० आश्विन २०७९, आइतबार  

6
Shares

काठमाडौँ । पछिललो समय नेपालमा कोरोना संक्रमितहरुको संख्या फेरि बढ्न थालेका छन् ।

पछिल्लो २४ घण्टामा मुलुकभर एकै दिन थप ३२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा १ हजार १६२ जनाको आरटी पीसीआर र एन्टिजेन विधिबाट परीक्षण गर्दा ३२ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।

मन्त्रालयका अनुसार ६ सय ३४ जनाको पीसीआर विधिबाट परीक्षण गर्दा २८ जन र ५ सय २८ जनाको एन्टिजेन विधिबाट परीक्षण गर्दा ४ जनामा कोरोना पुष्टि भएको हो । योसँगै नेपालमा कोरोना संक्रमितको कुल संख्या ११ लाख ५२ हजार २५९ पुगेको छ ।

योसँगै नेपालमा सक्रिय कोरोना संक्रमितहरुको संख्या ६ सय नाघेको छ । मन्त्रालयका अनुसार हाल नेपालमा ६ सय ८८ जना कोरोनाका सक्रिय संक्रमितहरु विभिन्न आइसोलेशनमा उपचाररत छन् । त्यस्तै २४ घण्टामा कोरोना संक्रमणका कारण कसैको पनि मृत्यु भने भएको छैन ।

नेपालमा कोरोनाका कारण ज्यान गुमाउनेको संख्या १२ हजार १८ पुगेका छन् । त्यस्तै, पछिल्लो २४ घण्टामा नेपालमा थप ७ जना संक्रमितहरु निको भएका छन् । योसँगै नेपालमा कोरोना संक्रमणमुक्त हुनेहरुको कुल संख्या ९ लाख ८७ हजार ४४५ पुगेका छन् ।

प्रकाशित मिति : ३० आश्विन २०७९, आइतबार  ४ : ५१ बजे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

यूरोनेपाल ट्राभल्सले दिँदै दक्षिण एशिया लक्षित सस्तो हवाई टिकट सेवा

काठमाडौं । पोर्चुगलमा बसोबास गर्दै आएका दक्षिण एसियाली समुदायलाई लक्षित

विश्व समूदायलाई सम्वादमार्फत शान्ति खोज्न जेजेएनको आह्वान

काठमाडाैं । विश्वमा जारी युद्ध र द्वन्द्वका कारण मानव अस्तित्व

सतुङ्गलमा भव्य कलश यात्रासहित १० दिने श्रीमद्देवीभागवत कथा एवं महारुद्र विराट महायज्ञ सुरु

काठमाडौं । सतुङ्गलस्थित विन्ध्य परिसरमा भव्य कलश यात्रासँगै १० दिने

विश्व शान्तिको आह्वान गर्दै सतुङ्गलस्थित विन्ध्य परिसरमा महारुद्र विराट महायज्ञ हुँदै

काठमाडौं। सतुङ्गलस्थित विन्ध्य परिसरमा १० दिने श्रीमद्देवीभागवत एवं महारुद्र विराट

ससीला मोटर्स र ओम्नी (काबरा) बिच सहकार्य: दुई ब्राण्डका विद्युतीय कमर्सियल गाडी ओम्नीले बेच्ने

काठमाडौँ । चिनियाँ ब्रान्डका विद्युतीय कमर्सियल सवारीसाधन किटोन भ्यान र