काठमाडौं । जनमत पार्टीका अध्यक्ष डा सिके राउतले राष्ट्रपति विद्यादेवी भण्डारीलाई भेटेका छन् ।
मंगलबार शीतल निवास पुगेर उनले राष्ट्रपति भण्डारीलाई भेटेका हुन् । पहिलोपटक प्रतिनिधिसभा सदस्यमा विजयी भएपछि राउत चर्चामा छन् । एक साताअघि काठमाडौं आइपुगेका राउतले सबै दलका शीर्ष नेतालाई भेटिसकेका छन् । उनले प्रमुख दलका शीर्ष नेताहरूलाई भेटेर राजनीतिमा आफ्नो स्पेस खोजेको संकेत दिएका छन् ।
प्रतिनिधिसभा निर्वाचनमा उनले सप्तरी- २ बाट जसपा अध्यक्ष उपेन्द्र यादवलाई फराकिलो मतान्तरले पराजित गरेका थिए । उनको जनमत पार्टीले प्रतिनिधिसभामा पाँच सिट पाउने देखिएको छ । जनमतलाई सरकारमा सामेल गर्न सत्तारुढ गठबन्धनले प्रस्ताव गरेका छन् ।
प्रतिक्रिया