२३ बैशाख २०८२, मंगलबार । May 7, 2025

‘बिरानो शहर’ म्युजिक भिडियो सार्वजनिक



काठमाडौं । आज किन गाउँ छाडेको याद आयो सानी, तिम्रै यादले कुटुकुटु मुटु खायो सानी ।

गीतकार डा राजुबाबु श्रेष्ठको यस्तै शब्दमा बिरानो शहर गीत सार्वजनिक भएको छ । प्रेमिकालाई गाउँमा छाडेर अर्थोपार्जनका लागि शहर पस्न बाध्य भएको एक युवाको कथालाई गीतमा समेटिएको छ । वर्तमानको दुःख र भविष्यमा आइपर्ने सङ्कटप्रति सचेत हुँदै शहरमा पुगेर सङ्घर्ष गरिरहेको युवाको कथा यसमा छ ।

अनिर मास्केको सङ्गीत रहेको गीतमा युवा पुस्ताका लोकप्रिय गायक विश्व नेपालीले स्वर दिएका छन् । सचिन सिंहले एरेञ्ज गर्नुभएको गीतको भिडियोलाई निर्देशन, छायाङ्कन र सम्पादन निशान घिमिरेले गरेका छन् । भिडियोमा गायक नेपालीसँगै मोडल रक्षा थापा बस्नेतले अभिनय गर्नुभएको गीतकार श्रेष्ठले जानकारी दिए ।

यसअघि पनि गीतकार डा राजुबाबु श्रेष्ठ र सङ्गीतकार अनिर मास्केको संयुक्त प्रयासमा ‘बिरानो गाउँमा’ नामक गीत सार्वजनिक भएको थियो । गीतमा गायिका मिलन नेवारले स्वर दिएकी छीन् । बिरानो गाउँ गीतकै निरन्तरताका रुपमा बिरानो शहर तयार भएको सङ्गीतकार मास्केले जानकारी दिए ।

उनले भने, बिरानो गाउँमा प्रेमी शहर जाँदा प्रेमिकाले व्यक्त गरेको भावलाई समेटिएको छ भने बिरानो शहरमा प्रेमीले प्रेमिकालाई गाउँमा छाडेर आउँदाको अनुभूति समेटिएको छ ।

प्रकाशित मिति : २० मंसिर २०७९, मंगलबार  २ : ०७ बजे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

नेप्से सूचकमा हल्का सुधार, हाइड्रोपावरको दबदबा कायम

काठमाडौं । मंगलबारको सेयर बजार कारोबार सामान्य उकालो लागेर सकिएको

त्रियुगा नदीमा आएको बाढीमा यात्रुवाहक बस बग्यो, चालक–सहचालक सकुशल

उदयपुर । उदयपुरको चौदण्डीगढी नगरपालिका–५ स्थित सिवाई–बेल्हा गाउँको बीचबाट बग्ने

कमला नदीमा बाढीः अस्थायी पुल बगायो, हुलाकी राजमार्ग अवरुद्ध

जनकपुरधाम । लगातारको वर्षाका कारण सिरहा र धनुषा जोड्ने कमला

सांसद वाग्लेको कटाक्षः ‘७ बुँदे सहमति मजाक बनेको छ, कमेडी कार्यक्रम झैँ’

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद डा. स्वर्णिम

विष्णुमती करिडोरको कंकेश्वरी क्षेत्र जलमग्न, सवारी आवागमन प्रभावित

काठमाडौं । काठमाडौं महानगरपालिका–१९ अन्तर्गत पर्ने विष्णुमती करिडोरको कंकेश्वरी क्षेत्रमा