१२ जेष्ठ २०८३, मंगलबार । May 26, 2026

चरित्रमा बाँच्ने अभिनेता विपीन कार्की


३० आश्विन २०७९, आइतबार  

0
Shares

काठमाडौँ । अभिनेता विपीन कार्की आफ्ना चरित्रमार्फत चिनिन्छन् ।

लूट, छड्के, पशुपति प्रसाद, नाका, हरिलगायतमा उनको चरित्रले पहिचान स्थापित गर्यो । उनलाई चलचित्र ‘जात्रा’ पश्चात मात्र दर्शकले चिन्न थालेका छन् । जात्रै जात्रा, प्रसाद, सेल्फी किङमार्फत आफूसँगै चरित्रमा भिन्नता ल्याउन सफल अभिनेता कार्की रङ्गमञ्च हुँदै फिल्ममा भित्रिएका हुन् । ‘जात्रा’ सिरिजमा अभिनेत्री वर्षा राउतका श्रीमानको भूमिका निर्वाह गरेका अभिनेता कार्कीले ‘के घर के डेरा’ मा पिता बन्ने प्रस्ताव स्वीकाए ।

‘मैले चरित्र बाच्ने कोसिस गर्छु । त्यहाँ म पात्र हुँ । त्यसैले मैले सहजै भूमिका स्वीकार्ने गर्छु’, अभिनेता कार्कीले भने । यद्यपि फिल्ममा भने उनी वर्षाको पिता बनेनन् । निर्देशक दीपेन्द्र के खनालले जोखिम लिन चाहेनन् । ‘दर्शकले विश्वास गर्नुहुन्न की ? मेकअप आर्टिस्टले राम्रो गर्न सक्नुभएन भने ? जस्ता प्रश्न उठेपछि मैले शङ्खेको भूमिका निर्वाह गरेको हुँ’, अभिनेता कार्कीले भने ।

प्राविधिक कठिनाइले गर्दा आफूले चाहेको चरित्र अझैँ पर्दामा ल्याउन नसकेको उनी बताउछन् । चरित्रमा बाँच्ने अभिनेता कार्कीलाई लिएर केही समयदेखि कलात्मक पाटो भन्दा व्यावसायिक पाटोले आकर्षणगर्ने गरेको गुनासो फिल्मकर्मीले गर्न थालेका छन् । ‘म कलाकारसँगै छोरा, श्रीमान् र पिता पनि हुँ । यी दायित्व निर्वाह गर्नुपर्ने हुन्छ । व्यावसायिक पाटोमा भने मेकर्सको सोचले फरक पार्छ ।

कलात्मकतामा कला र व्यावसायिकमा व्यावसायिकता खोज्ने गरेको छु’, अभिनेता कार्कीले भने । अर्का अभिनेता दयाहाङ राईसमेत अभिनेता कार्कीको चरित्र निर्माण र त्यसमा बिताउने समयदेखि प्रभावित छन् । ‘हामीले केही फिल्ममासँगै काम गरेका छौँ । उनको चरित्रप्रतिको गम्भिरता र निर्माणमा गरेको मेहनतले म जस्तो कलाकारलाई ऊर्जा दिन्छ’, अभिनेता राईले भने । अभिनेता राई र कार्कीले लूट सिरिज, जात्रै जात्रा र के घर के डेरामा सँगै काम गरेका छन् ।

प्रकाशित मिति : ३० आश्विन २०७९, आइतबार  ४ : ४७ बजे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

कक्षा १२ पछि आइटी करिअर बुझ्न लर्ड बुद्धको ७ दिने निःशुल्क ‘करिअर पाथ वे’ कार्यक्रम

काठमाडौँ । लर्ड बुद्ध एजुकेशन फाउण्डेशनले कक्षा १२ को परीक्षा

पोर्चुगलमा साकेला उभौली पर्व भव्य रूपमा सम्पन्न, नेपाली संस्कृतिको संरक्षणमा जोड

काठमाडाैँ । नेपालको मौलिक संस्कृति तथा पहिचान झल्काउने साकेला उभौली

९५ कन्सल्टेन्सीमा प्रहरी कारबाहीपछि शैक्षिक परामर्श क्षेत्र आतंकित, व्यवसायी–सरकार आमनेसामने

काठमाडौं । काठमाडौं उपत्यकाभित्र एकैदिन ९५ वटा शैक्षिक परामर्श संस्था

कान्स रेड कार्पेटमा नेपाली उद्यमी दम्पत्ती, हिमाली छुर्पीमार्फत जनावर प्रेमको सन्देश

काठमाडौं । कान्स फिल्म फेस्टिभल २०२६ को रेड कार्पेटमा नेपाली