२३ माघ २०८२, बिहिबार । February 6, 2026

दीपक मनाङे एकीकृत समाजवादीमा प्रवेश



काठमाडौं । मनाङ २ बाट प्रदेशसभा सदस्यमा स्वतन्त्र निर्वाचित भएका दीपक मनाङे नेकपा एकीकृत समाजवादीमा प्रवेश गरेका छन् ।

गण्डकी प्रदेशका युवा तथा खेलकुदमन्त्रीसमेत रहेका मनाङेलाई सोमबार एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले पार्टी प्रवेश गराएका हुन् । मनाङेले विज्ञप्तिमा भनेका छन्, ‘मेरो पवित्र उद्धेश्यसँग मेल खाने नीति, सिद्धान्त र विचार अहिले हाम्रो देशमा रहेको राजनीतिक पार्टीहरुमध्ये नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) को रहेको र त्यसमा रहेका नेता कार्यकर्ताहरुको स्वच्छ छवि, मुलुकका लागि केही गरौं भन्ने धारणा र दृष्टिकोणबाट प्रभावित भई आजैका मितिदेखि नेपाल कम्युनिष्ट पार्टी एकीकृत समाजवादीमा आवद्ध हुँदै उक्त पार्टीको मार्ग निर्देशन अनुरुप जनसेवामा सक्रिय रहने कुरा सबैमा हार्दिक अनुरोध गर्दछु ।’

मनाङेले राजनीतिक कमाउनका लागि नभएर जनताप्रति समर्पित भएर गरिने कार्य रहेको पनि उल्लेख गरेका छन् । स्वतन्त्र रुपमा जनताको सेवा गरिरहँदा र परिवर्तित परिस्थितिअनुसार एक्लै भन्दा पार्टीमा रहेर त्यसको बलमा गरिने पहलकदमी प्रभावकारी हुने भएको निष्कर्षमा पुगेको पनि उनले भनेका छन् ।

प्रकाशित मिति : १९ मंसिर २०७९, सोमबार  ६ : ५० बजे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

सिटिजन्स बैंक कालिकानगरद्वारा तिलोत्तमा क्याम्पसमा वित्तीय साक्षरता कार्यक्रम सम्पन्न

रुपन्देही । सिटिजन्स बैंक इन्टरनेशनल लिमिटेड, कालिकानगर शाखाको आयोजनामा तिलोत्तमा

From Kathmandu to New Delhi: The Diplomatic Legacy of Alexander Kadakin

Kathmandu- The outstanding Russian diplomat Alexander Mikhailovich Kadakin is most

Nepal–Canada Relations Mark 61 Years with Focus on Mountaineering Tourism

Kathmandu- The Nepal–Canada Friendship and Cultural Association hosted a program

कांग्रेस विवादः निर्वाचन आयोगको निर्णयविरुद्ध सर्वोच्च पुग्यो देउवा पक्ष

काठमाडौं । गगन थापा नेतृत्वको नेपाली कांग्रेसलाई आधिकारिकता दिने निर्वाचन

विश्वकप छनोटः पहिलो खेलमा थाइल्यान्डसँग पराजित भयो नेपाल

काठमाडौं । आजदेखि सुरु भएको आईसीसी महिला टी-२० विश्वकप ग्लोबल