काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीले दार्चुलामा महाकाली नदीमा भारतीय पक्षले गरिरहेकाक्रियाकलापप्रति सरकार निरिह बनेको आरोप लगाएको छ ।
सोमबार वक्तव्य जारी गर्दै सोपार्टीले जारी गरेको वक्तव्यमा भारतीय पक्षबाट महाकालीको बहाव परिवर्तन गर्ने, नदी तथाकिनारमा अनधिकृत संरचना निर्माण गर्ने, ढुंगामुढा गर्ने जस्ता कार्यहरू आपसी सद्भाव बिगार्ने, दुःखद्, अतिक्रमणकारी रभत्र्सनायोग्य भएको उल्लेख गरिएको छ । आफै सभापति रहेको पार्टीले वक्तव्य निकालेकोकेही समय अघि चितवन २ बाट प्रतिनिधि सभा सदस्य तथा राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रविलामिछानेले सामाजिक सञ्जालमा स्टाटस लेख्दै नेपाली राजनीतिमा नयाँ पुस्ताको आगमनभइसकेकाले अब भारतसँग नयाँ सिराबाट सम्बन्ध अघि बढाउनु पर्ने बताएका थिए ।
‘दार्चुलामाभेट्ने हो कि काठमाडौंमा भेट्न हो कि दिल्लीमा भेट्ने हो तय गरौं तरनिरिहताको निरन्तरता हाम्रो पुस्तालाई स्वीकार्य छैन,’ लामिछानेले लेखेका छन् ।
नेपाली राष्ट्रिय राजनीतिमा अब नयाँ पुस्ताको आगमन भैसकेको छ। त्यसैले अब नयाँ सिरा बाट कुरा गरौं। दार्चुलामा भेट्ने हो कि काठमाडौमा भेट्न हो कि दिल्लीमा भेट्ने हो तय गरौ तर निरिहताको निरन्तरता हाम्रो पुस्तालाई स्विकार्य छैन। pic.twitter.com/x6jnpngBlg
— Rabi Lamichhane (@hamrorabi) December 5, 2022
प्रतिक्रिया