१ आश्विन २०८३, बिहिबार । September 18, 2026

नेप्से परिसूचक २४.४६ अंकले गिरावट


१९ मंसिर २०७९, सोमबार  

6
Shares

काठमाडौं । निरन्तर रुपमा उतारचढाव भइरहेको नेप्से परिसूचक साताको दोस्रो कारोबारका दिन (सोमबार) पनि उच्च अंकले गिरावट आएको छ ।

सोमबार नेप्से परिसूचक २४.४६ अंक घटेर १९३८.७६ बिन्दुमा झरेको हो । त्यस्तै,सेन्सेटिभ इण्डेक्स ५.१९ अंक, फ्लोट इण्डेक्स १.३८ अंक र सेन्सेटिभ फ्लोट इण्डेक्स १.६९ अंक घटेको छ । सोमबार कारोवारमा आएका २४० कम्पनीको ४१ लाख २७ हजार कित्ता शेयर १ अर्ब ६७ करोड ४ लाख रुपैयाँ बराबरको खरिदबिक्री भएको छ ।

आईतबार १ अर्ब ५६ करोड रुपैयाँको कारोबार भएकोमा सोमबार १ अर्ब ६७ करोडको कारोबार भएको छ । नेप्सेका १३ वटै उपसमूहको परिसूचक घटेको छ । जसमध्ये उत्पादन तथा प्रशोधन उपसमूहको परिसूचक सर्वाधिक २.३७ प्रतिशत घटेको छ । त्यस्तै, वित्त उपसमूहको परिसूचक २.२८ प्रतिशत घटेको छ भने विकास बैंक, होटल तथा पर्यटन, जलविद्युत, लगानी, जीवन बीमा, लघुवित्त, निर्जीवन बीमा, अन्य र व्यापार उपसमूहको परिसूचक १ प्रतिशतभन्दा बढी घटेको छ ।

सोमबार सयपत्री हाइड्रोपावरको शेयरमूल्य ३.१२ प्रतिशत बढेको छ । त्यस्तै,अजोड इन्स्योरेन्सको शेयरमूल्य ७.३७ प्रतिशत घटेको छ । त्यसैगरी, ओरियन्टल होटल र युनाइटेड इन्स्योरेन्सको मूल्य ५ प्रतिशतभन्दा बढी घटेको छ । कारोबार रकमका आधारमा रिडी पावरको ३० करोड ८३ लाख ५७ हजार रुपैयाँभन्दा बढीको शेयर कारोबार भएको छ ।

प्रकाशित मिति : १९ मंसिर २०७९, सोमबार  ३ : ५० बजे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

असोज ३ गते पाटनमा रहेका दशमहाविद्या परिक्रमा गरिँदै

काठमाडौँ। असोज ३ गते पाटनमा रहेका दशमहाविद्या पुजा र परिक्रमा

राहत कोषमा ओइरियो पैसा ! प्रधानमन्त्री राहत कोषमा अहिलेसम्म कति जम्मा ?

काठमाडौं । गत भदौ १० गते रसुवाको भोटेकोशी नदीमा आएको

टिकटकका अनिलराज अब ठूलो पर्दामा, ‘कालमाण्डू’ले देला त अभिनयको असली पहिचान ?

काठमाडौं । एक्सन, थ्रिलर र सस्पेन्स कथामा निर्माण भएको नेपाली

हिमालयदेखि जापानसम्मः नेपाली स्वादमा जापानी फ्युजनको खोजी

काठमाडौं । नेपाली मौलिक स्वाद र जापानी पाककलाको प्रविधिलाई संयोजन

लिटिल मास्टर एण्ड मिस इटहरी सिजन–२ः हर्षिल र युनिशा विजेता

इटहरी । लिटिल मास्टर एण्ड मिस इटहरी सिजन–२ को सिनियरतर्फ