७ बैशाख २०८३, सोमबार । April 20, 2026

मंसिर २२ देखि विद्युतीय सामाग्रीहरुको प्रदर्शनी हुँदै


१५ मंसिर २०७९, बिहिबार  

6
Shares

काठमाडौं । काठमाडौंको भृकुटिमण्डपका मंसिर २२ गतेदेखि २५ गतेसम्म इलेक्ट्रोनिक तथा इलेक्ट्रोनिक्स सामाग्रीहरुको वृहत प्रदर्शनी हुने भएको छ ।

नेपाल विद्युतीय व्यवसायी महासंघको आयोजनामा अन्तराष्ट्रिय स्तरको इलेक्ट्रोनिक तथा इलेक्ट्रोनिक्स सामग्रीहरुको वृहत प्रदर्शनी ‘फिन इलेक्ट्रो टेक २०२२’ हुने भएको हो । बिहीबार महासंघले काठमाडौंमा पत्रकार गरी काठमाडौंको भृकुटीमण्डपका मंसिर २२ गतेदेखि २५ गतेसम्म इलेक्ट्रोनिक तथा इलेक्ट्रोनिक्स सामग्रीहरुको वृहत प्रदर्शनी हुने जानकारी दिएको हो । सम्मेलनमा बोल्दै महासंघका अध्यक्ष सुरेन्द्रप्रसाद पौडेलले विद्युत तथा विद्युतीय सामग्रीको व्यवसाय विकास र आन्तरिक तथा वाह्य व्यापार सहजीकरण एवम् प्रवद्र्धन गर्ने उद्देश्यले प्रदर्शनी आयोजना गर्न लागिएको बताए ।

उनले मुलुकमा बढ्दै गएको विद्युतको उपभोगमा वृद्धि गरी देशलाई आर्थिक रुपमा सवल बनाउने र विद्युतीय व्यापार प्रवद्र्धनमा टेवा पुग्ने बताए । उनले इलेक्ट्रोनिक तथा इलेक्ट्रोनिक्स, सञ्चार, वैकल्पिक उर्जा उद्यमीहरुलाई समेत एक ठाउँमा मेलाले जमघट गराउने बताए । उनले मेलामा ४९ वटा ब्लकहरुमा २६ वटा स्टल गरी ७५ वटा प्याभिलियन स्टलहरु राखिने बताए ।

प्रकाशित मिति : १५ मंसिर २०७९, बिहिबार  ६ : ५६ बजे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

डिजी स्कुल ग्लोबलद्वारा उत्कृष्ट विद्यार्थी सम्मानित

काठमाडौं । डिजी स्कुल ग्लोबलले शैक्षिक सत्र २०८२ मा आईटी

काठमाडौंमा तीनदिने कोस्मोनटिक्स महोत्सव सम्पन्न, युरी गगारिनको ६५ वर्षे योगदानको स्मरण

काठमाडौं । मानव अन्तरिक्ष उडानको ६५औँ वार्षिकोत्सव तथा Yuri Gagarin

पोर्चुगलमा एनआरएनए एनसीसीको सर्वपक्षीय बैठक आइतबार, आइमा समस्या र आप्रवासन मुद्दामा छलफल हुने

काठमाडौँ । गैरआवासीय नेपाली संघ (एनआरएनए) को राष्ट्रिय समन्वय परिषद्

निफमा ‘रूसी फिल्म डेज’ को उद्घाटन, अन्तरिक्षमा पहिलो पटक छायांकन गरिएको फिल्म प्रदर्शन गरिने

काठमाडौं । नेपाल अन्तर्राष्ट्रिय फिल्म महोत्सव (निफ) अन्तर्गत “रूसी फिल्म

यूरोनेपाल ट्राभल्सले दिँदै दक्षिण एशिया लक्षित सस्तो हवाई टिकट सेवा

काठमाडौं । पोर्चुगलमा बसोबास गर्दै आएका दक्षिण एसियाली समुदायलाई लक्षित