४ आश्विन २०८३, आइतबार । September 20, 2026

स्याङ्जा २ र बाजुरामा पुनः मतदान नगर्ने निर्वाचन आयोगको निर्णय


१४ मंसिर २०७९, बुधबार  

12
Shares

काठमाडौं । निर्वाचन आयोगले स्याङ्जा क्षेत्र नं. २ र बाजुरा जिल्लामा पुनः मतदान नगर्ने निर्णय गरेको छ ।

निर्वाचन आयोगले बुधवार स्याङ्जा क्षेत्र नं. २ र बाजुरा जिल्लामा पुनः मतदान नगरी मत गणना प्रारम्भ गर्ने निर्णय हो । सो क्षेत्रहरुमा निर्वाचनको क्रममा धाँधली भएको भन्दै उजुरी परेपछि मत गणना हुन सकेको थिएन । निर्वाचन आयोगका सहायक प्रवक्ता सूर्यप्रसाद अर्यालले छानबिन समितिको प्रतिवेदनको आधारमा आयोगले स्याङ्जा क्षेत्र नं. २ र बाजुरामा पुनः मतदान गर्नु नपर्ने निर्णय गरेको बताए ।

उनले मत गणना कार्य शुरु गर्न सम्बन्धित क्षेत्रका निर्वाचन अधिकृतहरुलाई पत्र पनि पठाइसकिएको जानकारी दिए । उनले सम्बन्धित क्षेत्रहरुमा तत्काल सर्वदलिय बैठक बसेर मत गणना शुरु गर्ने मिति, समय र स्थान तोकेपछि मत गणना कार्य प्रारम्भ हुने बताए ।

प्रकाशित मिति : १४ मंसिर २०७९, बुधबार  ४ : २६ बजे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

जडीबुटीमा खुल्यो ‘सोफा स्टोर काठमाडौँ’ को नयाँ आउटलेट

काठमाडौंको जडीबुटीमा सोफा स्टोर काठमाडौँ को नयाँ आउटलेट उद्घाटन गरिएको

बालबालिकाको क्षमता विकास र सामाजिक सेवामा केन्द्रित हुन अप्टिमिष्टको जोड

काठमाडौं  । बालबालिकाको सामाजिक तथा मनोवैज्ञानिक विकाससँगै नेतृत्व क्षमता अभिवृद्धि

असोज ३ गते पाटनमा रहेका दशमहाविद्या परिक्रमा गरिँदै

काठमाडौँ। असोज ३ गते पाटनमा रहेका दशमहाविद्या पुजा र परिक्रमा

राहत कोषमा ओइरियो पैसा ! प्रधानमन्त्री राहत कोषमा अहिलेसम्म कति जम्मा ?

काठमाडौं । गत भदौ १० गते रसुवाको भोटेकोशी नदीमा आएको

टिकटकका अनिलराज अब ठूलो पर्दामा, ‘कालमाण्डू’ले देला त अभिनयको असली पहिचान ?

काठमाडौं । एक्सन, थ्रिलर र सस्पेन्स कथामा निर्माण भएको नेपाली