२६ बैशाख २०८२, शुक्रबार । May 9, 2025

नेप्से परिसूचकमा झिनो अङ्कको बृद्धि



काठमाडौं । धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक झिनो अङ्कले उकालो लागेको छ ।

नेपाल स्टक एक्सचेञ्जका अनुसार नेप्से परिसूचक दुई दशमलव ९९ अङ्कले उकालो लागेर एक हजार नौ सय ५३ दशमलव ३५ मा पुगेको छ । मंगलबार ठूला कम्पनीको कारोबार मापन गर्ने सेन्सेटिभ परिसूचक शुन्य दशमलव शुन्य आठ अङ्कले उकालो लागेर तीन सय ८२ दशमलव ६९ मा कायम छ । आजको कारोबारमा कूल तीन सय ३४ कम्पनीको २५ लाख ८९ हजार नौ सय ९७ कित्ता शेयर रु ९५ करोड ७० लाख ६० हजार दुई सय २५ मूल्यमा खरिद बिक्री भए ।

नेप्सेका अनुसार कारोबारका आधारमा हिमालयन डिस्टिलरी शीर्ष स्थानमा छ । सो कम्पनीको रु नौ करोड ७२ लाख ७५ हजार तीन सय ८२ बराबरको कारोबार भयो । नबिल बैंक रु चार करोड ३१ लाख ६१ हजार आठ सय ९२, शिवम् सिमेन्ट रु चार करोड २२ लाख चार हजार नौ सय ३५, नेष्डो समृद्धि लघुवित्त रु तीन करोड १८ लाख ५९ हजार चार सय २१ र एनसिसी बैंक रु दुई करोड ५२ लाख २५ हजार सात सय ९१ बराबरको कारोबार भई शीर्ष पाँचभित्र पर्न सफल भए ।

नेप्सेका अनुसार धौलागिरी लघुवित्त छ दशमलब १०, एनसिसी बैंक पाँच दशमलब शुन्य पाँच, एनआइसी एशिया बैंक चार दशमलब १८, गुह्यश्वरी मर्चेन्ट बैंक चार दशमलब शुन्य तीन र खप्तड लघुवित्तका लगानीकर्ताले चार दशमलब शुन्य दुई प्रतिशतले कमाएका छन् । त्यस्तै, एनआइसी एशिया ब्यालेन्स फण्ड चार दशमलब ६०, ग्लोबल आइएमई ब्यालेन्स फण्ड एक तीन दशमलब ६८, नेपाल एसआइबी बैंक तीन दशमलब ६३ ,सिद्धार्थ इन्स्योरेन्स तीन दशमलब ४४ र नबिल ब्यालेन्स फण्ड तीनका लगानीकर्ताले दुई दशमलब ६० प्रतिशतले गुमाएका छन् ।

प्रकाशित मिति : १३ मंसिर २०७९, मंगलबार  ४ : ३८ बजे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

भारत–पाकिस्तान तनावः आईपीएल २०२५ स्थगित

काठमाडौं । भारत र पाकिस्तानबीच बढ्दो कूटनीतिक र सैन्य तनावले

आज नेपाली बजारमा सस्तियो सुन, चाँदी महँगियो

काठमाडौं । नेपाली बजारमा आइतबार सुनको मूल्यमा कमी आएको छ

महिला टी-२० विश्वकप छनोटः नेपाल र हङकङ बीचको खेल रद्द

काठमाडौं । थाइल्याण्डमा आयोजना भइरहेको आईसीसी महिला टी–२० विश्वकप क्रिकेट

एसियन थाई फुड्सले लुम्बिनी प्रदेशमा नयाँ चाउचाउ उत्पादन युनिटको शुभारम्भ गर्‍यो

काठमाडौं । नेपालका प्रमुख चाउचाउ उत्पादक कम्पनीमध्ये एक एसियन थाई

महिला टी-२० विश्वकप छनोटः आज हङकङ र नेपाल भिड्दै

काठमाडौं । नेपाली महिला क्रिकेट टोली आजदेखि महिला टी-२० विश्वकप