४ असार २०८३, बिहिबार । June 18, 2026

चलचित्र डिसेम्बर फल्सको गीत सार्वजनिक


१२ मंसिर २०७९, सोमबार  

6
Shares

काठमाडौं । नेपाली चलचित्र डिसेम्बर फल्सको गीत सार्वजनिक भएको छ ।

चलचित्रको ‘फकाउनै जानिन ४ घण्टा कुरेर’ बोलको गीत सार्वजनिक भएको हो । अभिनेता आर्यन सिग्देल र उपासना सिंह ठकुरी अभिनित चलचित्र डिसेम्बर फल्स आगामी पसस १५ गतेबाट देशभर प्रदर्शन हुँदैछ । गीत रिलिज कार्यक्रममा बोल्दै अभिनेता आर्यन सिग्देलले चलचित्रमा सबैखाले रोमान्टिक, प्रेम, एक्शन, मिक्स रहेकाले राम्रो रहेको बताए ।

उनले चलचित्रलाई निर्माण टिमले कुनै कन्जुस्याइँ नगरेको बताए । त्यस्तै अभिनेत्री उपासना सिंह ठकुरीले चलचित्रको सुटिङका क्रममा अग्रज कलाकारहरुबाट धेरै कुरा सिक्न पाएको बताए । उनले चलचित्र धेरै नै राम्रो बनेकाले दर्शकहरुले मन पराउनेमा विश्वस्त रहेको बताए । चलचित्र पोखरा, काठमाडौं लगायतका स्थानमा सुटिङ भएको थियो ।

चलचित्रमा आर्यन र उपासनासँगै सलोन बस्नेत, सुमन थापा, दयाराम दाहाल, नरेश भट्टराईको अभिनय छ ।

प्रकाशित मिति : १२ मंसिर २०७९, सोमबार  ८ : ३३ बजे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Russia: Asia’s Helping Hand – Opportunities of Benefit for Nepal

Kathmandu- It is said that world politics revolves around the

नर्वेको शानदार सुरुवात ! इराक ४-१ गोलअन्तरले पराजित

काठमाडौं । २८ वर्षपछि फिफा विश्वकपमा पुनरागमन गरेको नर्वेले शानदार

सेनेगलविरुद्ध फ्रान्सको शानदार जित ! एम्बाप्पेको २ गोल

काठमाडौं । फ्रान्सले फिफा विश्वकप–२०२६ को आफ्नो पहिलो खेलमा सेनेगलविरुद्ध

एनपीएल सिजन ३ः विराटनगर किंग्समा सन्दीपसहित ६ खेलाडी रिटेन

काठमाडौं । नेपाल प्रिमियर लिग सिजन ३ का लागि विराटनगर

न्यूजिल्यान्ड र इरान पनि २–२ को बराबरीमा

काठमाडौं । फिफा विश्वकप २०२६ अन्तर्गत मंगलबार बिहान भएको खेलमा