४ असार २०८३, बिहिबार । June 18, 2026

स्वदेशी उत्पादनलाई सहुलियत दिन सकारात्मक छौँः उद्योग सचिव


८ मंसिर २०७९, बिहिबार  

9
Shares

काठमाडौं । उद्योग सचिव डा तोयनारायण ज्ञवालीले मेक इन नेपाल ‘स्वदेशी’ अभियानमा आबद्ध हुने सदस्यलाई सहुलियत दिन सरकार सकारात्मक रहेको बताएका छन् ।

औद्योगिक र लगानी पूर्वाधार तथा योजनामा मन्त्रालयले काम गरिरहेको भन्दै उहाँले उद्योग मन्त्रालय उद्योगीलाई सहजीकरण गर्ने मन्त्रालय रहेको र उद्योगीको समस्या समाधानमा प्रतिबद्ध रहेको बताए । उनले आगामी कम्तीमा १० वर्षका लागि औद्योगिक नीति के हुनुपर्ने हो भन्ने विषयमा काम गरिरहेको जानकारी दिए। आठौँ उद्योग दिवस, २०७९ को अवसर पारेर नेपाल उद्योग परिसङ्घले बिहिबार आयोजना गरेको अन्तक्र्रियामा उद्योग विभागका महानिर्देशक रामचन्द्र तिवारीले परिसङ्घले औद्योगिक विकासका लागि प्रभावकारीरूपमा आफ्ना गतिविधिलाई अगाडि बढाउँदै आएको बताए ।

उनले उद्योग क्षेत्रको विकासका लागि गहन अध्ययन गरेर परिसङ्घ अगाडि बढ्दै आएको भन्दै सरकारले निजी क्षेत्रबाट यस्तै प्रयासको अपेक्षा गरेको उल्लेख गरे । निजी क्षेत्र र सरकार मिलेर नै औद्योगिक विकास गर्न सकिने उनको भनाइ थियो । अन्तक्र्रियामा परिसङ्घका अध्यक्ष विष्णुकुमार अग्रवालले परिसङ्घले सरकारसँगको सहकार्यमा अगाडि बढाइरहेको मेक इन नेपाल ‘स्वदेशी’ अभियानमा आबद्ध सदस्यलाई सहुलियत दिन आग्रह गरे ।

भारत, अष्ट्रेलियालगायत मुलुकमा सरकारको अग्रसरमा मेक इन अभियान सञ्चालन भइरहेकामा नेपालमा परिसङ्घको अग्रसरतामा मेक इन नेपाल अभियान सञ्चालन भइरहेको छ । मेक इन नेपाल अभियानमा आबद्ध उत्पादनलाई सहुलियत दिइए स्वदेशी उत्पादन बढाउन र निर्यात गर्न प्रोत्साहन मिल्ने अध्यक्ष अग्रवालले बताए । उद्योग मन्त्रालय उद्योगीको फोकल मन्त्रालय बन्नुपर्नेमा जोड दिदै उनले त्यसले उद्योगको महत्त्व बढाउने र उद्योगीको समस्या समाधानमा अन्य मन्त्रालय एवं सरोकारवाला पक्षसँग समन्वय गर्न सहयोग गर्ने बताए ।

उनले नीतिगत स्थिरतामा जोड दिनुहुँदै निश्चित अवधिसम्म नीति परिवर्तन नहुने गरी उद्योगी, लगानीकर्तालाई आश्वस्त पार्नुपर्ने बताए । परिसङ्घको उद्योग समिति सभापति गोकुल भण्डारीले आयात प्रतिस्थापन सम्भव भएका वस्तुको आयात निरुत्साहित गर्नुपर्ने बताए।

प्रकाशित मिति : ८ मंसिर २०७९, बिहिबार  ९ : ०८ बजे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Russia: Asia’s Helping Hand – Opportunities of Benefit for Nepal

Kathmandu- It is said that world politics revolves around the

नर्वेको शानदार सुरुवात ! इराक ४-१ गोलअन्तरले पराजित

काठमाडौं । २८ वर्षपछि फिफा विश्वकपमा पुनरागमन गरेको नर्वेले शानदार

सेनेगलविरुद्ध फ्रान्सको शानदार जित ! एम्बाप्पेको २ गोल

काठमाडौं । फ्रान्सले फिफा विश्वकप–२०२६ को आफ्नो पहिलो खेलमा सेनेगलविरुद्ध

एनपीएल सिजन ३ः विराटनगर किंग्समा सन्दीपसहित ६ खेलाडी रिटेन

काठमाडौं । नेपाल प्रिमियर लिग सिजन ३ का लागि विराटनगर

न्यूजिल्यान्ड र इरान पनि २–२ को बराबरीमा

काठमाडौं । फिफा विश्वकप २०२६ अन्तर्गत मंगलबार बिहान भएको खेलमा