२ आश्विन २०८३, शुक्रबार । September 18, 2026

नेप्से परिसूचक २५.५७ अंकले वृद्धि


१ मंसिर २०७९, बिहिबार  

6
Shares

काठमाडौं । साताको अन्तिम कारोबारको दिन बिहीवार नेप्से परिसूचकमा वृद्धि भएको छ ।

बिहिबार नेप्से परिसूचक २५.५७ अंक बढेर १९३६.८३ बिन्दुमा पुगेको छ । त्यस्तै, सेन्सेटिभ इण्डेक्स यस दिन ४.४९ अंकले बढेको छ भने फ्लोट इण्डेक्स १.८० अंक र सेन्सेटिभ फ्लोट इण्डेक्स १.८० अंकले बढेको छ । बिहिबार कारोबारमा आएका २२३ कम्पनीको ४३ लाख ८४ हजार कित्ता शेयर १ अर्ब ७१ करोड ५४ लाख रुपैयाँ बराबरको खरिदबिक्री भएको छ ।

बुधबारको तुलनामा बिहीवार कारोबार रकममा समेत सुधार भएको छ । नेप्सेका १३ वटै उपसमूहको परिसूचक बढेको छ । जसमध्ये जलविद्युत उपसमूहको परिसूचक ३.१४ प्रतिशत बढेको भने वित्त, उत्पादन तथा प्रशोधन र व्यापार उपसमूहको परिसूचक २ प्रतिशतभन्दा बढी बढेको छ ।

त्यस्तै, लगानी , विकास बैंक, अन्य र निर्जीवन बीमा उपसमूहको परिसूचक १ प्रतिशतभन्दा बढी बढेको छ । नेप्से बढेसँगै सिक्लेस पावर कम्पनी र सयपत्री हाइड्रोपावरको शेयर मूल्य सकारात्मक सर्किट लेभलमा कारोबार भएको छ । तर, फरवार्ड माइक्रोफाइनान्सको शेयरमूल्य २.९७ प्रतिशत घटेको छ ।

कारोबार रकमका आधारमा रिडी पावर कम्पनीको १४ करोड ३९ लाख रुपैयाँ बराबरको शेयर खरिदबिक्री भएको छ ।

प्रकाशित मिति : १ मंसिर २०७९, बिहिबार  ३ : ४३ बजे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

असोज ३ गते पाटनमा रहेका दशमहाविद्या परिक्रमा गरिँदै

काठमाडौँ। असोज ३ गते पाटनमा रहेका दशमहाविद्या पुजा र परिक्रमा

राहत कोषमा ओइरियो पैसा ! प्रधानमन्त्री राहत कोषमा अहिलेसम्म कति जम्मा ?

काठमाडौं । गत भदौ १० गते रसुवाको भोटेकोशी नदीमा आएको

टिकटकका अनिलराज अब ठूलो पर्दामा, ‘कालमाण्डू’ले देला त अभिनयको असली पहिचान ?

काठमाडौं । एक्सन, थ्रिलर र सस्पेन्स कथामा निर्माण भएको नेपाली

हिमालयदेखि जापानसम्मः नेपाली स्वादमा जापानी फ्युजनको खोजी

काठमाडौं । नेपाली मौलिक स्वाद र जापानी पाककलाको प्रविधिलाई संयोजन

लिटिल मास्टर एण्ड मिस इटहरी सिजन–२ः हर्षिल र युनिशा विजेता

इटहरी । लिटिल मास्टर एण्ड मिस इटहरी सिजन–२ को सिनियरतर्फ