२ आश्विन २०८३, शुक्रबार । September 18, 2026

ट्राफिक व्यवस्थापनमा महानगर प्रहरीको सहयोग शुरु


१ मंसिर २०७९, बिहिबार  

6
Shares

काठमाडौं । काठमाडौं महानगरपालिकाले ट्राफिक व्यवस्थापन गर्न नगरप्रहरी खटाउन थालेको छ ।

महानगरपालिकाले काठमाडौं उपत्यकामा बढ्दो सवारी चापलाई उचित व्यवस्थापन गर्न भन्दै ट्राफिक जाम बढी हुने समयका लागि नगरप्रहरी खटाउन थालेको हो । नगरप्रहरी बलका प्रमुख नगरप्रहरी उपरीक्षक राजु पाण्डेकाअनुसार सवारी साधनको चाप धेरै भएको समय बिहान ९ बजेदेखि ११ बजेसम्म र बेलुका ३ बजेदेखि ५ बजेसम्म मुख्य चोकहरुमा ट्राफिक प्रहरीसँगै २ जना नगर प्रहरी खटाउन थालिएको हो । महानगरपालिकाले कार्तिक ३० गते बुधवारबाट उपत्यकाको सवारी चाप व्यवस्थापनका लागि नगरप्रहरी खटाउन थालेको हो ।

कोटेश्वर, बानेश्वर, गौशाला, जमल, रत्नपार्क, महाराजगञ्ज, कालीमाटी, कलंकीलगायत स्थानमा नगरप्रहरीको जनशक्ति परिचालन गरेको महानगरले जनाएको छ । त्यस्तै पछिल्लो समय आसन्न प्रतिनिधि सभा र प्रदेश सभा सदस्यको निर्वाचनका लागि खटिएका म्यादी प्रहरी पनि काठमाडौं उपत्यकाको सवारी चापको समाधानका लागि प्रमुख चोकामा खटेका छन् । आसन्न निर्वाचनलाई केन्द्रित गरी सरकारले पछिल्लो समय सुरक्षा व्यवस्था पनि कडा बनाएको छ । अहिले काठमाडौं उपत्यकाका प्रमुख चोकमा सुरक्षाकर्मीहरुको गस्ती देख्न सकिन्छ ।

आसन्न निर्वाचन मंसिर ४ गते एकै चरणमा सम्पन्न हुँदैछ ।

प्रकाशित मिति : १ मंसिर २०७९, बिहिबार  २ : ४५ बजे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

असोज ३ गते पाटनमा रहेका दशमहाविद्या परिक्रमा गरिँदै

काठमाडौँ। असोज ३ गते पाटनमा रहेका दशमहाविद्या पुजा र परिक्रमा

राहत कोषमा ओइरियो पैसा ! प्रधानमन्त्री राहत कोषमा अहिलेसम्म कति जम्मा ?

काठमाडौं । गत भदौ १० गते रसुवाको भोटेकोशी नदीमा आएको

टिकटकका अनिलराज अब ठूलो पर्दामा, ‘कालमाण्डू’ले देला त अभिनयको असली पहिचान ?

काठमाडौं । एक्सन, थ्रिलर र सस्पेन्स कथामा निर्माण भएको नेपाली

हिमालयदेखि जापानसम्मः नेपाली स्वादमा जापानी फ्युजनको खोजी

काठमाडौं । नेपाली मौलिक स्वाद र जापानी पाककलाको प्रविधिलाई संयोजन

लिटिल मास्टर एण्ड मिस इटहरी सिजन–२ः हर्षिल र युनिशा विजेता

इटहरी । लिटिल मास्टर एण्ड मिस इटहरी सिजन–२ को सिनियरतर्फ