२ आश्विन २०८३, शुक्रबार । September 18, 2026

नेप्से परिसूचकमा दोहोरो अङ्कको वृद्धि


३० कार्तिक २०७९, बुधबार  

6
Shares

काठमाडौं । धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक आज दोहोरो अङ्कले उकालो लागेको छ ।

नेपाल स्टक एक्सचेञ्जका अनुसार नेप्से परिसूचक १३ दशमलव ४० अङ्क बढेर एक हजार नौ सय ११ दशमलव २६ विन्दुमा पुगेको छ । बुधबारको कारोबारमा ठूला कम्पनीको कारोबारमापन गर्ने सेन्सेटिभ परिसूचक दुई दशमलव ८६ अङ्क बढेर तीन सय ७६ दशमलव ५७ विन्दुमा पुगेको छ । कूल दुई सय ३२ कम्पनीको २४ लाख ९५ हजार छ सय १२ कित्ता शेयर रु ८५ करोड ९४ लाख छ सय १२ मूल्यमा कारोबार भएको छ ।

बुधबारको कारोबारपछि बजार पुँजीकरण रु २७ खर्ब ४९ अर्ब ११ करोड ४५ लाख १६ हजार पाँच सय १७ पुगेको छ । नेप्सेका अनुसार कारोबारका आधारका रिडी पावर कम्पनी शीर्ष स्थानमा छ । कम्पनीको रु छ करोड तीन लाख ३८ हजार छ सय ३० बराबरको कारोबार भयो ।

हिमालयन डिस्टिलरी रु चार करोड एक लाख ९० हजार सात सय १६, नेपाल लाइफ इन्स्योरेन्स रु तीन करोड ८१ लाख २६ हजार तीन सय ३०, शिवम् सिमेन्ट रु तीन करोड ७८ लाख ५८ हजार पाँच सय २३ र जाल्पा सामुदायिक लघुवित्तको रु दुई करोड ७८ लाख १४ हजार नौ सय ४६ बराबरको कारोबार भई शीर्ष पाँचभित्र पर्न सफल भए । आजको कारोबारमा सिक्लेस हाइड्रोपावरको शेयर मूल्यमा १० प्रतिशतले बढेर सकारात्मक सर्किट लागेको छ । साथै, गणपति लघुवित्त सात दशमलव ७१, नारायणी डेभलपमेन्ट बैंक पाँच दशमलव ५३, रिडी पावर कम्पनी पाँच दशमलव ४४ र तेह्रथुम पावर कम्पनीका लगानीकर्ताले चार दशमलव ६५ प्रतिशत शेयर मूल्य बढेको छ ।

त्यस्तै, जनउत्थान सामुदायिक चार दशमलव १३, सबैको लघुवित्त तीन दशमलव ६८, विशाल बजार कम्पनी दुई दशमलव ८४, बुद्धभूमि नेपाल हाइड्रोपावर दुई दशमलव ७४ र लक्ष्मी उन्नती कोषका लगानीकर्ताले दुई दशमलब ६४ प्रतिशतले गुमाएका छन् ।

प्रकाशित मिति : ३० कार्तिक २०७९, बुधबार  ६ : ०६ बजे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

असोज ३ गते पाटनमा रहेका दशमहाविद्या परिक्रमा गरिँदै

काठमाडौँ। असोज ३ गते पाटनमा रहेका दशमहाविद्या पुजा र परिक्रमा

राहत कोषमा ओइरियो पैसा ! प्रधानमन्त्री राहत कोषमा अहिलेसम्म कति जम्मा ?

काठमाडौं । गत भदौ १० गते रसुवाको भोटेकोशी नदीमा आएको

टिकटकका अनिलराज अब ठूलो पर्दामा, ‘कालमाण्डू’ले देला त अभिनयको असली पहिचान ?

काठमाडौं । एक्सन, थ्रिलर र सस्पेन्स कथामा निर्माण भएको नेपाली

हिमालयदेखि जापानसम्मः नेपाली स्वादमा जापानी फ्युजनको खोजी

काठमाडौं । नेपाली मौलिक स्वाद र जापानी पाककलाको प्रविधिलाई संयोजन

लिटिल मास्टर एण्ड मिस इटहरी सिजन–२ः हर्षिल र युनिशा विजेता

इटहरी । लिटिल मास्टर एण्ड मिस इटहरी सिजन–२ को सिनियरतर्फ