२५ माघ २०८२, शनिबार । February 7, 2026

दोस्रो एक दिवसीय खेलमा नेपालसँग युएई पराजित



काठमाडौं । संयुक्त अरब इमिरेट्स (युएई) सँगको दोस्रो एक दिवसीय खेलमा बुधबार नेपालले ३ विकेटको जित निकाल्दा तीन एक दिवसीय खेलको श्रृंखला बराबरी भएको छ ।

कीर्तिपुरस्थित त्रिभुवन विश्व विद्यालयको मैदानमा भएको खेलमा युएई दिएको १ सय ९२ रनको लक्ष्य नेपालले ४७.५ ओभरमा ७ विकेट गुमाएर भेटाउँदा श्रृंखला बराबरी भएको हो । खराब ब्याटिङ शुरुवात गरेको नेपालको इनिङलाई आरिफ शेख र गुल्सन झाले सम्हाले । आरिफले ३३ रन जोड्दै अविजित रहे ।

६ विकेटको क्षति हुँदा १ सय ६ रन जोडेको नेपालका लागि गुल्सन झाले ३७ रन जोडेपछि नेपालको इनिङ १ सय ६८ मा पुगेको थियो । यस्तै ज्ञानेन्द्र मल्लले २६ रन जोड्दा कुशल भुर्तेलले ३५ तथा दीपेन्द्र सिंह ऐरीले १३ रनको पारी खेलेका थिए । ओपनर अर्जुन साउद शुन्यमा पवेलियन फर्किएको खेलमा आसिफ शेख ६ रनमा आउट भए ।

नेपालले १९ रन अतिरिक्त पाएको थियो । बलिङतर्फ युएईका स्पिनर रोहन मुस्तफाले १० ओभरमा २४ रन खर्चेर ३ विकेट लिए । हजरत बिलालले दुई र बासिल हामिदले एक विकेट लिए । यसअघि टस जितेर पहिला ब्याटिङ गरेको युएईले नेपाललाई जितका लागि १ सय ९२ रनको लक्ष्य प्रश्तुत गरेको थियो ।

युएईले ४३.२ ओभरमा सबै विकेट गुमाउँदै मात्र १ सय ९१ रन जोड्दा ओपनर मुहामद वासिमले अर्धशतकीय पारी खेले । कुनै समय १० ओभरमा बिना विकेट क्षति ७० रनमा खेलिरहेको युएईले थप १ सय २१ रन जोड्दा १० विकेट गुमाउनु पगेको थियो ।
युएईका ओपनर मुहामद वासिमले ५० रन जोडे । वासिमले ४६ बलमा ३ चौका र ४ चौका प्रहार गरे । यस्तै अलिशन शराफूले ३५ रन जोड्दा वृत्य अरबिन्दले २५ रन जोडे ।

बसिल हामिदले २४ रन जोड्ने क्रममा पवेलियन फर्किंदा कप्तान सीपी रिजवानले २२ तथा विष्णु शुकुमारनले १५ रनको योगदान गरे । अघिल्लो खेलमा भन्दा केही किफायती बलिङ गरेको नेपालका सोमपाल कामी र ललित राजवंशीको समान ३ विकेट निकाले । यस्तै गुल्सन झा, दीपेन्द्रसिंह ऐरी, करण केसी र कुशल भुर्तेलले समान १/१ विकेट हात पारे ।

बुधवारको खेलसँगै तीन एक दिवसीय श्रृंखला १–१ को बराबरी भएको छ । यसअघि पहिलो खेलमा नेपाल ८४ रनले पराजित गरेको थियो । तेस्रो तथा निर्णायक खेल शुक्रवार हुनेछ ।

प्रकाशित मिति : ३० कार्तिक २०७९, बुधबार  ५ : ४० बजे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

सिटिजन्स बैंक कालिकानगरद्वारा तिलोत्तमा क्याम्पसमा वित्तीय साक्षरता कार्यक्रम सम्पन्न

रुपन्देही । सिटिजन्स बैंक इन्टरनेशनल लिमिटेड, कालिकानगर शाखाको आयोजनामा तिलोत्तमा

From Kathmandu to New Delhi: The Diplomatic Legacy of Alexander Kadakin

Kathmandu- The outstanding Russian diplomat Alexander Mikhailovich Kadakin is most

Nepal–Canada Relations Mark 61 Years with Focus on Mountaineering Tourism

Kathmandu- The Nepal–Canada Friendship and Cultural Association hosted a program

कांग्रेस विवादः निर्वाचन आयोगको निर्णयविरुद्ध सर्वोच्च पुग्यो देउवा पक्ष

काठमाडौं । गगन थापा नेतृत्वको नेपाली कांग्रेसलाई आधिकारिकता दिने निर्वाचन

विश्वकप छनोटः पहिलो खेलमा थाइल्यान्डसँग पराजित भयो नेपाल

काठमाडौं । आजदेखि सुरु भएको आईसीसी महिला टी-२० विश्वकप ग्लोबल