२८ बैशाख २०८२, आइतबार । May 11, 2025

साताको पहिलो दिन नेप्से परिसूचकमा सामान्य गिरावट



काठमाडौं । साताको पहिलो दिन दिन नेप्से परिसूचकमा सामान्य गिरावट आएको छ ।

आईतवार नेप्से परिसूचक १० दशमलव ५४ अंकले घटेर १८ सय ८३ दशमलव १६ बिन्दुमा झरेको हो । त्यस्तै,सेन्सेटिभ इण्डेक्स १ दशमलव ८३ अंकले घटेको छ भने फ्लोट इण्डेक्स ० दशमलव ६८ अंक र सेन्सेटिभ फ्लोट इण्डेक्स ० दशमलव ५८ अंकले घटेको छ । आईतवार कोरोबारमा आएका २ सय २५ कम्पनीको २० लाख २८ हजार कित्ता शेयर ७७ करोड ४९ लाख ११ हजार रुपैयाँ बराबरको खरिदबिक्री भएको छ । नेप्सेसँगै आइतवार कारोबार रकम पनि घटेको छ ।

गत बिहीवार १ अर्बभन्दा बढीको शेयर कारोबार भएको थियो । नेप्सेका १३ उपसमूहमध्ये होटल तथा पर्यटन उपसमूहको परिसूचक बाहेक अरु सबै उपसमूहको परिसूचक घटेको छ । जसमा होटल तथा पर्यटन उपसमूहको परिसूचक ० दशमलव ६० प्रतिशत बढेको छ । व्यापार उपसमूहको परिसूचक १ दशमलव ४४ प्रतिशत घटेको छ । आईतवार लक्ष्मी इक्वीटि फण्डको इकाईमूल्य ७ दशमलव ९० प्रतिशत बढेको छ ।

त्यस्तै,मन्दाकिनी हाइड्रोपावरको शेयरमूल्य ३ दशमलव ७४ प्रतिशत बढेको छ । यता,निर्धन उत्थान लघुवित्तको शेयरमूल्य ६ दशमलव ४० प्रतिशत घटेको छ । कारोबारमा शिवम् सिमेन्ट्सको १० करोड ३९ लाख रुपैयाँ बराबरको शेयर खरिदबिक्री भएको छ ।

प्रकाशित मिति : २७ कार्तिक २०७९, आइतबार  ५ : ४३ बजे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

साता सुरूवातमै दोहोरो अङ्कले घट्यो नेप्से परिसूचक

काठमाडौं । साता सुरूवातसँगै नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा दोहोरो

टेस्ट क्रिकेटबाट विराटको सन्यास ! बीसीसीआई छलफलमा, गिल नेतृत्वको दौडमा ?

मुम्बई । भारतीय क्रिकेटका स्टार खेलाडी विराट कोहलीले अचानक टेस्ट

श्रीलंकामा भयानक बस दुर्घटना, २१ जनाको मृत्यु

काठमाडौं । श्रीलंकामा आइतबार बिहान एक दर्दनाक बस दुर्घटनामा परी

सस्तियो सुनको मूल्य, चाँदी बढ्यो

काठमाडौं । नेपाली बजारमा आइतबार सुनको मूल्यमा गिरावट आएको छ

ट्रक पल्टिँदा अवरूद्ध नारायणघाट-मुग्लिन सडक खुल्यो

चितवन । नारायणघाट(मुग्लिन सडकखण्डको इच्छाकामना गाउँपालिका–५ स्थित तुइनखोलामा ट्रक अनियन्त्रित