२० श्रावण २०८३, बुधबार । August 5, 2026

विडाको ईभी स्कुटर भीएक्स २ नेपालमा सार्वजनिक, के–के छन् विशेषता ?


२० श्रावण २०८३, बुधबार  

0
Shares

काठमाडौं । हिरो मोटोकोर्पको विद्युतीय दुईपांग्रे ब्रान्ड विडाले आफ्नो पहिलो अन्तर्राष्ट्रिय बजारका रूपमा नेपालमा औपचारिक प्रवेश गरेको छ।

कम्पनीले नेपालबाटै आफ्नो विश्वव्यापी विस्तारको सुरुआत गर्दै भीएक्स २ इभुटर सिरिजका विद्युतीय स्कुटर र डर्ट।ई के ३ विद्युतीय अफ–रोड मोटरसाइकल सार्वजनिक गरेको हो। नेपालमा विडाका उत्पादनहरू सीजी मोटर्स (चौधरी ग्रुप) मार्फत बिक्री गरिनेछ। कम्पनीका अनुसार वीडा भीएक्स २ इभुटर दुई फरक भेरियन्ट ‘भीएक्स २ प्लस’ र ‘भीएक्स २ गो’ मा उपलब्ध हुनेछ।

भीएक्स २ प्लस मा ४।४ किलोवाट–आवर निकाल्न मिल्ने ब्याट्री, १४० किलोमिटरसम्मको रेन्ज, ९० किलोमिटर प्रतिघण्टा अधिकतम गति तथा ६५ मिनेटमै ८० प्रतिशतसम्म डीसी फास्ट चार्जिङ सुविधा छ। भीएक्स २ गो मा २।२ किलोवाट–आवर ब्याट्री, ७५ किलोमिटरसम्मको रेन्ज र ७० किलोमिटर प्रतिघण्टा अधिकतम गति रहेको छ।

दुवै मोडलमा निकाल्न मिल्ने ब्याट्री, घरमै चार्ज गर्न मिल्ने सुविधा, माइ विडा एप, नेभिगेसन, जियो–फेन्सिङ तथा ओटीए अपडेटजस्ता स्मार्ट फिचर समावेश छन। युवापुस्तालाई लक्षित डर्ट–ई के ३ अफ–रोड बाइकमा तीन तहमा मिलाउन सकिने एडाप्टिभ सिस्टम, एपमार्फत प्यारेन्टल कन्ट्रोल, ३५० वाट मोटर र ३६० वाट–आवर निकाल्न मिल्ने ब्याट्री रहेको कम्पनीले जनाएको छ।

यसले एक पटक चार्जमा करिब ३ घण्टासम्म अफ–रोड राइडिङ अनुभव दिने कम्पनीको भनाइ छ। यो मोडलले रेड डट डिजाइन अवार्ड २०२५ र सीईएस इनोभेसन अवार्ड २०२६ समेत जितिसकेको छ। हिरो मोटोकोर्पले नेपालमा विडाको प्रवेशसँगै स्मार्ट, दिगो तथा भविष्यमुखी विद्युतीय गतिशीलताको नयाँ अध्याय सुरु भएको जनाएको छ।

प्रकाशित मिति : २० श्रावण २०८३, बुधबार  ९ : ५१ बजे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

विडाको ईभी स्कुटर भीएक्स २ नेपालमा सार्वजनिक, के–के छन् विशेषता ?

काठमाडौं । हिरो मोटोकोर्पको विद्युतीय दुईपांग्रे ब्रान्ड विडाले आफ्नो पहिलो

Russia Day Celebrated in Kathmandu, Marking 70 Years of Nepal-Russia Friendship

Kathmandu- The Embassy of the Russian Federation in Nepal celebrated

Russia: Asia’s Helping Hand – Opportunities of Benefit for Nepal

Kathmandu- It is said that world politics revolves around the

नर्वेको शानदार सुरुवात ! इराक ४-१ गोलअन्तरले पराजित

काठमाडौं । २८ वर्षपछि फिफा विश्वकपमा पुनरागमन गरेको नर्वेले शानदार

सेनेगलविरुद्ध फ्रान्सको शानदार जित ! एम्बाप्पेको २ गोल

काठमाडौं । फ्रान्सले फिफा विश्वकप–२०२६ को आफ्नो पहिलो खेलमा सेनेगलविरुद्ध