२ असार २०८३, मंगलबार । June 16, 2026

फिफा विश्वकप–२०२६

साउदी अरब र उरुग्वे पनि बराबरीमा रोकिए


२ असार २०८३, मंगलबार  

9
Shares

काठमाडौं । फिफा विश्वकप–२०२६ अन्तर्गत बिहान ३ः४५ मा भएको खेलमा उरुग्वे र साउदी अरब बराबरीमा रोकिएका छन् ।

अमेरिकाको फ्लोरिडास्थित मियामी स्टेडियममा भएको खेलमा दुवै टोली १–१ बराबरीमा रोकिएका हुन् । साउदीले खेलको ४१औं मिनेटमा अग्रता लिएको थियो । अब्दुल्लाह अलाम्रीले गोल गर्दै साउदीलाई अग्रता दिलाएका थिए । तर, खेलको अन्त्यतिर उरुग्वे खेलमा फर्कियो । ८०औं मिनेटमा उरुग्वेका लागि म्याक्सी अराजोले गोल गर्दै खेल बराबरीमा पुर्‍याए ।

यो खेलसँगै समूह ‘एच’ मा ४ वटै टोलीले पहिलो खेलपछि समान एक अंक जोडेका छन् । यसअघि स्पेन र केप भर्डे पनि १–१ को बराबरी खेलेका थिए ।

प्रकाशित मिति : २ असार २०८३, मंगलबार  ७ : १६ बजे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

न्यूजिल्यान्ड र इरान पनि २–२ को बराबरीमा

काठमाडौं । फिफा विश्वकप २०२६ अन्तर्गत मंगलबार बिहान भएको खेलमा

साउदी अरब र उरुग्वे पनि बराबरीमा रोकिए

काठमाडौं । फिफा विश्वकप–२०२६ अन्तर्गत बिहान ३ः४५ मा भएको खेलमा

आत्मघाती गोलले हारबाट जोगियो बेल्जियम, खेल बराबरीमा रोकियो

काठमाडौं । फिफा विश्वकप २०२६ अन्तर्गत आज राति १२ः४५ भएको

उपाधि दावेदार स्पेन केप भर्डेसँग बराबरीमा रोकियो

काठमाडौं । जारी फिफा विश्वकप–२०२६ मा उपाधि दावेदार टोली स्पेन

एनपीएल सिजन ३ः काठमाडौं गोर्खाजले रिटेन गर्यो मार्की करणसहित ६ खेलाडी

काठमाडौं। नेपाल प्रिमियर लिग (एनपीएल) सिजन ३ का लागि काठमाडौं