१ आश्विन २०८३, बिहिबार । September 18, 2026

काठमाडौंको कालिकास्थानमा ‘चिया बन्धु’ सञ्चालनमा, आधुनिक चिया संस्कृतिको नयाँ केन्द्र बन्ने अपेक्षा


१७ बैशाख २०८३, बिहिबार  

18
Shares

काठमाडौं । राजधानीको व्यस्त क्षेत्र डिल्लीबजार–कालिकास्थानमा ‘चिया बन्धु’ नामक आधुनिक चियाघर सञ्चालनमा आएको छ।

आजदेखि औपचारिक रूपमा सुरु गरिएको उक्त चियाघरले परम्परागत चिया संस्कृतिलाई आधुनिक शैलीमा प्रस्तुत गर्ने लक्ष्य लिएको छ।

करिब ९ आना क्षेत्रफलमा फैलिएको चियाघर एकैपटक करिब १०० जना ग्राहक अट्ने क्षमतासहित सञ्चालनमा आएको हो। आन्तरिक सजावट आधुनिक शैलीमा गरिएको छ, जसले ग्राहकलाई आरामदायी वातावरणमा चिया सेवनसँगै भेटघाट गर्ने अवसर प्रदान गर्ने अपेक्षा गरिएको छ।

स्याङ्जाको वालिङ नगरपालिका घर भएका अनुराग खनाल, सुयोग बस्नेत र नुवाकोटका परमिश दाहालको संयुक्त लगानीमा ‘चिया बन्धु’ स्थापना गरिएको हो।अध्ययनकालदेखि नै सहकार्यमा रहेका उनीहरूले सोही सहकार्यलाई व्यवसायमा रूपान्तरण गर्दै चियाघर सञ्चालनमा ल्याएका हुन्।

सञ्चालक खनालका अनुसार काठमाडौंमा गुणस्तरीय चिया र सहज भेटघाट स्थलको अभाव महसुस भएपछि यो अवधारणा अघि सारिएको हो।

उद्घाटनको अवसरमा विशेष अफरसमेत राखिएको थियो। पहिलो दिन ग्राहकहरूले मसला चिया र कुकीज १० रुपैयाँमै प्राप्त गर्न सक्ने व्यवस्था गरिँदा बिहानैदेखि चियाघरमा उल्लेख्य भीड देखिएको थियो। सञ्चालकका अनुसार उद्घाटनकै दिन एक हजार कपभन्दा बढी चिया बिक्री भएको छ।

चिया मात्र नभई विभिन्न खाजा तथा नास्ताको समेत व्यवस्था गरिएको चियाघरले विशेषगरी युवा पुस्ता र कार्यालय जाने कर्मचारीलाई लक्षित गरेको छ। कालिकास्थान क्षेत्रमा नयाँ स्वाद र सामाजिक भेटघाटको केन्द्रको रूपमा ‘चिया बन्धु’ स्थापित हुने अपेक्षा गरिएको छ।

प्रकाशित मिति : १७ बैशाख २०८३, बिहिबार  ९ : १४ बजे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

असोज ३ गते पाटनमा रहेका दशमहाविद्या परिक्रमा गरिँदै

काठमाडौँ। असोज ३ गते पाटनमा रहेका दशमहाविद्या पुजा र परिक्रमा

राहत कोषमा ओइरियो पैसा ! प्रधानमन्त्री राहत कोषमा अहिलेसम्म कति जम्मा ?

काठमाडौं । गत भदौ १० गते रसुवाको भोटेकोशी नदीमा आएको

टिकटकका अनिलराज अब ठूलो पर्दामा, ‘कालमाण्डू’ले देला त अभिनयको असली पहिचान ?

काठमाडौं । एक्सन, थ्रिलर र सस्पेन्स कथामा निर्माण भएको नेपाली

हिमालयदेखि जापानसम्मः नेपाली स्वादमा जापानी फ्युजनको खोजी

काठमाडौं । नेपाली मौलिक स्वाद र जापानी पाककलाको प्रविधिलाई संयोजन

लिटिल मास्टर एण्ड मिस इटहरी सिजन–२ः हर्षिल र युनिशा विजेता

इटहरी । लिटिल मास्टर एण्ड मिस इटहरी सिजन–२ को सिनियरतर्फ