२२ फाल्गुन २०८२, शुक्रबार । March 7, 2026

प्रधानमन्त्री कप क्रिकेट

पीएम कपको उपाधि एपीएफलाई


२६ कार्तिक २०७९, शनिबार  

6
Shares

काठमाडौं । विभागीय टोली एपीएफ क्लबले दोस्रो पटक पीएम कप एकदिवसीय पुरुष क्रिकेट प्रतियोगिताको उपाधि हात पारेको छ ।

कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा शनिबार भएको फाइनलमा अर्को विभागीय टोली त्रिभुवन आर्मी क्लबलाई ४ विकेटले हराउँदै एपीएफले उपाधि उचालेको हो । उपाधिसँगै एपीएफले नगद १० लाख पुरस्कार प्राप्त गरेको छ भने उपविजेता बनेको आर्मीले ५ लाख नगद पुरस्कार जितेको छ । त्यस्तै सेमिफाइनलबाट बाहिरिएका पुलिस क्लब र मधेश प्रदेशले ५०–५० हजार प्राप्त गरेका छन् । विवादका कारण ढिला सुरु भएको खेल ४० ओभरमा झारिएको थियो । र, आर्मीले एपीएफलाई जितका लागि १ सय ८० रनको लक्ष्य दएको थियो ।

आर्मीले दिएको लक्ष्य एपीएफले ३८ ओभर ३ बलमा ६ विकेट गुमाएर १ सय ८० रन बनाएर पूरा गरेको थियो । एपीएफको जितमा भुवन कार्कीले सर्वाधिक ५५ रनको अर्धशतकीय इनिङ खेलेका थिए भने सुमित महर्जनले ३४ रन जोड्दा प्रदीप ऐरीले २० रन बनाए । सन्दीप जोराले १७ तथा आसिफ शेखले १४ र लोकेश बमले ८ रन बनाए । कप्तान शरद भेषवाकरले अविजित १६ रन जोडे ।

आर्मीका जितेन्द्र मुखियाले २ विकेट लिए । सोमपाल कामी, बिक्रम सोब र सुशन भारीले १–१ विकेट लिए । त्यसअघि टस हारेर पहिले ब्याटिङ गरेको आर्मीले ३९ ओभरमा अलआउट हुदै १ सय ७९ रन बनाएको थियो । आर्मीका युवा ब्याटर तथा राष्ट्रिय टोलीका नवनियुक्त कप्तान रोहित कुमार पौडेलले सर्वाधिक ४९ रन बनाए । जितेन्द्र मुखिया २४ रन बनाए । त्यस्तै शुसन भारी १९ रनमा आउट भए ।

ओपनर सोमपाल कामी शून्य रनमा आउट हुँदा अर्का ओपनर अर्जुन साउद १३ रनमा बनाए । हरि चौहानले १५ रन, बिक्रम सोब ६ तथा कप्तान बिनोद भण्डारी ११ रनमा आउट भए । राजेश पुलामी १८ रनमा आउट भए । आर्मीलाई सस्तैमा समेट्न एपीएफका लागि अमर सिंह रौटेला र मौषम ढकालले समान ३–३ विकेट लिए । किशोर महतोले २ विकेट लिए ।

प्रकाशित मिति : २६ कार्तिक २०७९, शनिबार  ६ : ५६ बजे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Test post title

Test post content

Test post title

Test post content

Article 291

Situations Pratiques de Gameplay Examinons de plus près quelques situations

Anurag Pangeni Honored by Russian Embassy for Global Anti-Corruption Award

Kathmandu- The Russian Embassy in Kathmandu has honored 15-year-old Nepali

портал о Форекс Брокерах. Отзывы трейдеров, рейтинги компаний.

Рейтинг лучших Форекс брокеров Беларуси: ТОП-10 компаний 2021 года по