काठमाडौं । लुम्बिनी लायन्सले नेपाल प्रिमियर लिग (एनपीएल) मा चितवन राइनोजविरुद्ध टस जितेर पहिला फिल्डिङ गर्ने भएको छ ।
लुम्बिनीका कप्तान रोहित पौडेलले टस जितेपछि चितवन राइनोजलाई ब्याटिङको निम्तो दिएको हो । चितवनले अघिल्लो खेल खेलेको टोलीबाट एक खेलाडी परिवर्तन गरेको छ । विपिन आचार्यको स्थानमा टोलीले अमरसिंह राउटेलालाई खेलाइरहेको छ । चितवनबाट कप्तान कुशल मल्लसहित दीपक बोहरा, डेबिड मलान, देव खनाल, रवि बोपारा, सैफ जैब, अर्जुन साउद, कमलसिंह ऐरी, रिजन ढकाल, सोहेल तान्बिर र अमरसिंह राउटेला खेलिरहेका छन् ।
त्यस्तै लुम्बिनीबाट कप्तान रोहितसहित डी’आरसी शर्ट, दिलिप नाथ, सन्दीप जोरा, गुल्बदिन नैब, समिर अली, शेर मल्ल, अभिषेक गौतम, दीनेश अधिकार, रुबेन ट्रम्पलमन, जजे स्मिट प्लेयिङ ११ बाट खेलिरहेका छन् । लुम्बिनीको प्रशिक्षकमा भारतका पूर्व तीव्र बलर टिनु योहानान छन् । लुम्बिनीको यो पहिलो खेल हो ।
चितवनले भने पहिलो खेलमा कर्णाली याक्सलाई ४ विकेटले पराजित गरेको थियो ।







प्रतिक्रिया